रजिस्टार कार्यालयमा विवाह गर्दै सोनाक्षी, रिसेप्सन पार्टी कहिले ?
काठमाडौँ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आगामी २३ जुनमा विवाह गर्दैछिन् । उनको विवाहलाई लिएर केही दिन अघि मात्रै एउटा खुलासा भएको छ । भारतीय सञ्चार माध्यमको अनुसार उनले रजिस्टार कार्यालयमा गएर मात्रै विवाह गने भएकी छिन् । उनले प्रेमी जहीर इकबालसँग विवाह गर्न लागेकी हुन्।
सोनाक्षीले केही समय पहिले मात्रै प्रेमीसँग परिवारका सदस्य तथा केही साथीहरुको उपस्थितीमा अन्तरंग विवाह गरेकी थिइन् । फेरी उनी कोर्ट विवाह मात्रै गर्ने जनाएकी छिन् । साथै २३ जुनमा उनका साथी र परिवारको लागि मात्रै रिसेप्सन राखिएको छ ।
रजिस्टारमा विवाह गर्दै
उनकी एक जना नजिकको साथीले भनेकी छिन्, ‘मलाई २३ जुनको लागि विवाह समारोहका लागि निमन्त्रणा आएको छ । तर उसले वास्तविक विवाहको बारेमा केही बताएका छैनन् । साथीहरुले उसको यो जोडीको विवाह २३ जुन विवाह गर्दै छन् । तर कुनै भव्य सेलिब्रेसन हुने छैन । एउटा सामान्य पार्टी मात्रै हुनेछ ।
को-को छन् गेष्ट
सोनाक्षीको विवाहको खबर नेटफ्लिक्स सिरिज ‘हीरामण्डीः द डायमण्ड बजार’ को प्रदर्शनीको एक महिनापछि आएको हो । यस सिरिजमा उनले फरिदनको किरदारको रुपमा भूमिका निभाएकी छिन् ।
उसो त सेलिब्रेशनको बारेमा आधिकारिक पुष्टि त हुन सकेको छैन । तर सोनाक्षीको परिवारको सुत्रका अनुसार विवाहको खबर सत्य हो । विवाहमा सहभागी हुने पाहुनाको विषयमा धेरै उत्सुक छन् । उनको विवाहमा अभिनेता सलमान खानसँगै ‘हीरामण्डी’ को पुरै कलाकारको सहभागिता हुने छ । यसका साथै आयुष शर्मा, हुमा कुरैशी र बरुण शर्माको नाम धेरै चर्चा भइरहेको छ ।
सोनाक्षी र प्रेमी जहीर इकबालको भेट सलमान खानको एउटा पार्टीमा भएको थियो । दुबैले सन् २०२२ मा फिल्म ‘डबल एक्सल’ मा काम गरेका थिए । तर सोनाक्षी र जहीरको तर्फबाट कसैले पनि विवाहबारे आधिकारिक जानकारी दिएको छैन ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
