फिल्म रिलिज पछि ‘लण्डन टू पेरिस’को गीत सार्बजनिक
काठमाडौँ । फिल्म ‘लण्डन टू पेरिस’को ‘हतारले’ गीत फिल्मको प्रदर्शनपछि सार्वजनिक गरिएको छ । किनकि, यो गीतले फिल्मको महत्त्वपूर्ण ‘सस्पेन्स’ खुलाउँछ ।
गीतमा नव-अभिनेता निश्चल खड्का र अभिनेत्री रुष्मा थापा प्रेम पर्दै गरेको देखाइएको छ । जबकि, ट्रेलरमा निश्चलको प्रेम अभिनेत्री साम्राज्ञी आरएल शाहसँग देखाइएको थियो । यसले गर्दा नै फिल्मको ‘सस्पेन्स’ खुल्ने डरले निर्माण टिमले यो गीत प्रदर्शनशुरु भए पछि सार्बजनिक गरिएको छ । सलिन मगरको शब्द, संगीत र स्वर रहेको गीतमा अभिनेता कबीर खड्का र अभिनेत्री गरिमा शर्माबीचको प्रेम पनि देख्न सकिन्छ।
घनश्याम लामिछानेको निर्देशन तथा प्रदीप भारद्वाजको लेखन रहेको फिल्मले बक्स अफिसमा भने कमजोर प्रदर्शन गरिरहेको छ । यद्यपि, यो फिल्मबाट डेब्यु गरेका निश्चलको अभिनयको भने प्रशंसा गरिएको छ । यस फिल्मका निर्माता अमित बस्नेत, आरोन बस्नेत, एरियाना बस्नेत र परी राना रहेका छन् । फिल्म जेठ २५ गतेदेखि रिलिज भएको छ ।
गीतको लिंक: https://www.youtube.com/watch?v=q7PKXdUnd-A
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
