Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

फिल्म रिलिज पछि ‘लण्डन टू पेरिस’को गीत सार्बजनिक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, जेष्ठ, ३१
फिल्म रिलिज पछि ‘लण्डन टू पेरिस’को गीत सार्बजनिक

काठमाडौँ ।  फिल्म ‘लण्डन टू पेरिस’को ‘हतारले’ गीत फिल्मको प्रदर्शनपछि सार्वजनिक गरिएको छ । किनकि, यो गीतले फिल्मको महत्त्वपूर्ण ‘सस्पेन्स’ खुलाउँछ ।

गीतमा नव-अभिनेता निश्चल खड्का र अभिनेत्री रुष्मा थापा प्रेम पर्दै गरेको देखाइएको छ । जबकि, ट्रेलरमा निश्चलको प्रेम अभिनेत्री साम्राज्ञी आरएल शाहसँग देखाइएको थियो । यसले गर्दा नै फिल्मको ‘सस्पेन्स’ खुल्ने डरले निर्माण टिमले यो गीत प्रदर्शनशुरु भए पछि सार्बजनिक गरिएको छ । सलिन मगरको शब्द, संगीत र स्वर रहेको गीतमा अभिनेता कबीर खड्का र अभिनेत्री गरिमा शर्माबीचको प्रेम पनि देख्न सकिन्छ।

घनश्याम लामिछानेको निर्देशन तथा प्रदीप भारद्वाजको लेखन रहेको फिल्मले बक्स अफिसमा भने कमजोर प्रदर्शन गरिरहेको छ । यद्यपि, यो फिल्मबाट डेब्यु गरेका निश्चलको अभिनयको भने प्रशंसा गरिएको छ । यस फिल्मका निर्माता अमित बस्नेत, आरोन बस्नेत, एरियाना बस्नेत र परी राना रहेका छन् । फिल्म जेठ २५ गतेदेखि रिलिज भएको छ ।

गीतको लिंक: https://www.youtube.com/watch?v=q7PKXdUnd-A

Top Changing Nepal

युट्युब सट्स