दक्षिण अफ्रिकाविरुद्ध नेपालको सानदार प्रदर्शन, १ रनले पराजित
काठमाडौं । जारी टी-२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ गरेको नेपाल पराजित भएको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले दक्षिण अफ्रिकालाई निर्धारित २० ओभरमा सात विकेट लिएर ११५ रनमै रोकेको नेपालले दक्षिण अफ्रिकासँग पराजित भएको हो ।
दक्षिण अफ्रिकाका लागि रिजा हेन्डरिक्सले ४३ रन बनाए । ट्रिस्टन्स स्टुब्सले २७, आडन माक्रमले १५ रन बनाए । क्वीनटन डिकक १०, हेनरिच क्लासेन ३ र डेविट मिर ७ रनमा आउट भए । ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए । कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल र सन्दीप लामिछानेले सानदार बलिङ गरे । भुर्तेलले चार तथा ऐरीले तीन विकेट लिए । ४ ओभर बलिङ गर्दै भुर्तेलले १९ रनमात्र दिए । त्यस्तै, ऐरीले ४ ओभर बलिङ गर्दै मात्र २१ रन खर्चिए ।
यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन् । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा शनिबार बिहान नेपालले टस जितेर दक्षिण अफ्रिकालाई पहिले ब्याटिङको निम्तो दिएको थियो । नेपाल र दक्षिण अफ्रिका पहिलो पटक आमने सामने भएका हुन् ।
नेपाललाई अन्तिम आठमा स्थान बनाउन दक्षिण अफ्रिकाविरुद्धको आजको खेल जित्नैपर्ने दबाब छ । दक्षिण अफ्रिका भने समूह ‘डी’बाट सुपर आठमा पुगिसकेको छ । दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन वटै खेलमा जीत हासिल गरेको थियो । उसले श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्डसलाई पराजित गर्दै एक खेल अगावै सुपर आठमा पुगेको हो ।
त्यस्तै नेपालले यसअघि खेलेका दुई मध्ये एकमा हार तथा एउटामा बराबरी खेलेको थियो । नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग पराजित भएको थियो भने श्रीलङ्का विरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द हुँदा दुवै टोलीले एक एक अङ्क बाँडेका थिए ।
सम्बन्धित समाचार
एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
ट्रेन्डिङ
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
