गर्भवती दीपिकालाई लिएर लन्डन गए रणवीर
काठमाडौँ । बलिउडको पावर जोडी रणवीर सिंह र दीपिका पादुकोण बिहीबार बिहान मुम्बई एयरपोर्टमा देखिए । यहाँ रणवीर पहिले कारबाट ओर्लिए र त्यसपछि उनले ६ महिनाकी गर्भवती पत्नी दीपिकालाई कारबाट बाहिर निस्कन मद्दत गरे । दीपिका र रणवीरको जोडी आफ्नो बेबीमुन मनाउन लन्डन प्रस्थान गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दीपिकाले सेप्टेम्बरमा आफ्नो पहिलो बच्चा जन्माउने बताइएको छ ।
एयरपोर्टमा दुवैजना कालो पहिरनमा जुम्ल्याहा देखिएका थिए । जहाँ रणवीर कालो टी–सर्ट, डेनिम र सेतो जुत्तामा देखिएका थिए । दीपिका कालो बडीकन ड्रेसमा देखिएकी थिइन् । यसअघि बुधबार साँझ मुम्बईको जुहुस्थित नोभोटेल होटलमा आयोजित फिल्म ‘कल्की २८९८ एडी’को प्रि-रिलिज कार्यक्रममा पनि उनी पुगेकी थिइन् । यस कार्यक्रममा फिल्मका स्टार कास्टका अमिताभ बच्चन, प्रभास र कमल हसन जस्ता सुपरस्टारहरू पनि उपस्थित थिए ।
यहाँ अमिताभ बच्चनले गर्भवती दीपिका पादुकोणलाई स्टेजमा चढ्दा साथ दिएका थिए । दीपिका स्टेजबाट ओर्लिदा भने प्रभासले उनलाई सहयोग गरेको थियो । यस क्रममा अमिताभ बच्चनको रमाइलो स्टाइल पनि देखियो । दुवै भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् । यस कार्यक्रममा दीपिका हाई हिल लगाएर पुगेकी थिइन्, जसका कारण केही प्रयोगकर्ताहरूले उनलाई सामाजिक सञ्जालमा ट्रोल गरेका थिए ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

