अभिनेत्री अमिषा पटेल भन्छिन् -‘विवाहको लागि तयार छु, अहिलेसम्म केटा पाएको छैन’
एजेन्सी । बलिउड अभिनेत्री अमिषा पटेलले आफू विवाहको लागि तयार भएपनि केटा नभेटिएको प्रतिक्रिया दिएकी छन् । सामाजिक सञ्जालमा एक फ्यानले सोधेको प्रश्नको जवाफ दिदै ४९ वर्षिय अभिनेत्री पटेलले फ्यानका धेरै प्रश्नको रोचक जवाफ दिदै आफू धेरै दिनदेखि विवाहको लागि तयार रहेको र अहिलेसम्म केटा फेला नपरेको बताएकी हुन् ।
उनलाई एक फ्यानले सलमान खान पनि अहिलेसम्म अविवाहित रहेको उनैसँग विवाह गर्न सुझाव दिएका छन् । सो प्रश्नको जवाफमा पटेलले भनिन्- ‘सलमान र म अविवाहित छौं, त्यसकारण हामीले बिहे गर्नुपर्छ जस्तो लाग्छ ? यसमा औचित्य के छ ? उनीहरु फिल्मको कुरा गर्दैछन् कि वास्तविक विवाहको ?’
सन् २००० मा अभिनेता ऋतिक रोशनसँग सुपर हिट फिल्म ‘कहो ना प्यार है’बाट बलिउडमा डेभ्यु गरेकी थिइन् । उनले त्यसपछि ‘गदर’ र ‘गदर २’ जस्ता सुपर हिट फिल्ममा काम गरेकी छन् । उनले फ्यानहरुसँग कुरा गर्दै आफ्नो नयाँ फिल्म ‘हमराज’को सिक्वेलको बारेमा पनि कुरा गरेकी थिइन् । साथै उनले ‘गदर ३’ को अफर आयो भने स्क्रिप्ट मन पर्यो भने काम गर्ने बताएकी छन् ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

