समीक्षा अधिकारी भन्छिन्- ‘सबैको गीत चलोस्, फिल्म चलोस्, रुँदै हिड्न नपरोस्’
काठमाडौं । गायिका समीक्षा अधिकारीले कुनै पनि कलाकारले रुँदै हिँड्न नपरोस् भनेर कामना गरेकी छन् । मंगलबार दिउँसो सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै समीक्षाले आफूलाई भाग्यमानी पनि भनेकी छिन् भने फिल्म चल्न रुँदै हिँडन् नपरोस भनेर व्यंग्य कस्न पनि भ्याएकी छिन् । साथै उनले असफल हुँदा खुसी हुने र सफल हुँदा खुट्टा तान्नेहरू धेरै भेटिने भए पनि सबै कलाकारहरूलाई सफलता मिलोस् भन्ने आफ्नो चाहना रहेको बताएकी छन् ।
‘सबैलाई एकदिन मर्नु नै पर्छ । बाँचुन्जेली रिस राग र डाहा मनमा पालेर के नै हुन्छ र म त झन उठ्नै लाग्दा बेस्सरी ठेश लागेर लडेकी चेली पो हुँ त’ उनेल भनेकी छन् ‘मलाई उठ्न धेरैले हात दिनुभएको छ । साथ दिनुभएको छ । यसै कारण म संसारकै भाग्यमानी छु झै लाग्छ । असफल हुदा खुसी हुनेहरु धेरै भेटिन्छन् । थोरै पनि सफलता मिल्दा खुट्टा तान्नेहरु झनै कत्ति कत्ति । म चाहान्छु, सबै कलाकारहरुलाई सफलता मिलोस्, उहाँहरुको गीत चलोस्, फिल्म चलोस् । रुदैं हिड्न नपरोस् ।
गायिका समीक्षाले यो पटकको स्टाटस भने उनले कसलाई लेखेकी हुन भन्ने बुझ्न गाह्रो छ । तर, समय समयमा पूजाको नाम नलिइकनै विभिन्न व्यंग्यात्मक स्टाटसहरु लेखिरहेकै हुन्छिन् । उनको यो उक्त व्यंग्य रहित स्टाटस नायिका पूजा शर्माकै लागि गरेकी हुन् भन्ने प्रतिक्रिया धेरैले दिएका छन् ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

