Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

बलिउड अभिनेत्री जया प्रदाको हातबाट नायिका एलिजा गौतम सम्मानित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, असार, १४
बलिउड अभिनेत्री जया प्रदाको हातबाट नायिका एलिजा गौतम सम्मानित

काठमाडौं । चर्चित नायिका तथा प्राइम टिभीकी निर्देशक एलिजा गौतम सम्मानित भएकी छिन् । काठमाडौंमा आज (बिहीबार) आयोजित एक कार्यक्रमका बीच नायिका गौतम 6th International Excellence Award-2024  बाट सम्मानित भएकी हुन् । बलिउडकी चर्चित अभिनेत्री जया प्रदाले नायिका गौतमलाई उक्त अवार्ड प्रदान गरेकी हुन् ।

अवार्ड ग्रहणपछि नायिका गौतमले आफूमा समाज र देशप्रतिको जिम्मेवारी थपिएको महसुस गरेकी छिन् । उनले कलाकारिता र समाजप्रतिको आफ्नो भूमिका र योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको भन्दै आयोजक संस्था र यसका नेतृत्वकर्ताहरुप्रति पनि आभार प्रकट गरेकी छिन् । उनले समाज र कलाकारिताको क्षेत्रमा आफ्नो योगदान आगामी दिनमा अझै बढेर जानेपनि उनले विश्वास दिलाएकी छिन् ।

Top Changing Nepal

युट्युब सट्स