सप्तरी । सप्तरीको खडक नगरपालिका ११ मा करेन्ट लागेर एक जनाको निधन भएको छ । लालपुर बस्ने २९ वर्षीया रन्जना साहको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरको कलमा जडान गरिएको मोटरमा विद्युत सट भई करेन्ट लागेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


