Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

एनिमलपछि बलिउडमा उदाएकी तृप्ति

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, असार, २३
एनिमलपछि बलिउडमा उदाएकी तृप्ति

बलिउड फिल्म एनिमलबाट उदाएकी अभिनेत्री तृप्ति डिमरीले एकपछि अर्को फिल्ममा काम गरिरहेकी छन् । अहिले उनी आफ्नो आगामी फिल्म ‘ब्याड न्युज’ लाई लिएर चर्चामा छिन । यस फिल्ममा तृप्तिसँगै विक्की कौशल र एमी विर्क पनि मुख्य भूमिकामा रहेका छन् । यो फिल्म १९ जुलाईमा रिलिज हुँदैछ । यो फिल्मका निर्माता करण जोहर हुन् ।

ब्याड न्यूजमा आफ्नो कास्टिङ बारे तृप्तिले बताएकी छन्- ‘वास्तवमा त्यो दिन म धर्मा प्रोडक्सनको ट्यालेन्ट एजेन्सीमा आबद्ध थिएँ । एक दिन करण सरले भेट्न बोलाए । उहाँले मलाई आनन्द तिवारी सरसँग परिचय गराउनुभयो। जब आनन्द सरले फिल्मको कथा सुनाउनुभयो, म पुरै समय हाँसेर बसें । तर, त्यसपछि उनले कथन सुनेपछि फिल्म छनोट भइसकेको नसोच्ने बताए । अन्तिम निर्णय अडिसन पछि हुनेछ। भोलिपल्टै उनले फिल्मका तीन–चार दृश्य रेकर्ड गरे ।’

तृप्तिले फिल्मले तीनै पात्रको व्यक्तिगत यात्राको विषय अभिव्यक्त गरिएको बताएकी छन् । यस फिल्ममा तीन पात्रको प्रेमदेखि करियरमा प्रगतिसम्म, सबैतिर सफलताको सोच रहेको बताएकी छन् ।उनले यस बर्ष उनका चार फिल्म रिलिज हुने बताएकी छन् ।

उनले एनिमल-२ को विषयमा आफुलाई निर्देशक सन्दीप रेड्डी वांगाले केहि नभनेको बताउदै आफुलाई अफर गरेमा अवश्य गर्ने बताएकी छन्।तृप्तिको ब्याड न्युजपछि धडक- २, भुल भुलैया-३, विक्की विद्याका वोह वाला, आशिकी- ३ जस्ता फिल्म आउदै छन् ।

Top Changing Nepal

युट्युब सट्स