‘अल्फा’ मा सुपर-एजेन्टको भूमिकामा आलिया
बलिउड अभिनेत्री आलिया भट्ट चाँडै यशराज फिल्म्सको आगामी स्पाइ थ्रिलर फिल्म ‘अल्फा’ मा देखिदै छन् । यस फिल्ममा आफ्नो स्पेशल लुकका लागि आलिया भट्टले पनि कडा प्रशिक्षण लिएकी छिन् । यस फिल्ममा आलिया यसअघिका उनका फिल्म भन्दा फरक रुपमा प्रस्तुत हुदै छन् । आलियाले ५ जुलाईबाट स्पाइ ब्रह्माण्ड फिल्म ‘अल्फा’ को सुटिङ सुरु गरेकी छिन् ।
अब आलियाको आगामी फिल्म ‘अल्फा’ को शुटिंग शुरु गरेपछि यसको चर्चा शुरु भएको छ । आलियाले ‘अल्फा’ मा पहिलेभन्दा फिट र हट देखिनका लागि चार महिनाको कडा प्रशिक्षण लिएकी छिन्, ताकि उनी यस फिल्ममा पहिलेभन्दा फरक र फिट देखिन सकोस् । यद्यपि, आलिया फ्यानहरूको नजरमा पहिलेदेखि नै एकदमै फिट र हट छिन् ।
शिव रवैलले निर्देशन गरेको यो एक्सन थ्रिलर फिल्ममा आलिया भट्टसँगै ‘मुंजा’ स्टारर अभिनेत्री शर्वरी वाघ पनि देखिनेछिन् । हालै आलिया, शर्वरी वाघ र फिल्ममेकर शिव रवैलले आफ्नो आगामी फिल्म ‘अल्फा’ सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए । आदित्य चोपडाले निर्माण गरेको चलचित्र ‘अल्फा’को छायांकन निरन्तर चलिरहेको छ ।
आलिया महिलाको प्रमुख भूमिका भएको यशराजको ‘जासूस’ को कथामा अल्फा बन्न लागेको छ । यसमा उनी एक सुपर-एजेन्टको भूमिकामा देखिनेछिन् । यसलाई शिव रवैलले निर्देशन गर्दैछन्, उनले यसअघि ‘द रेलवे मेन’ वेब सिरिज निर्देशन गरिसकेका छन् ।
यसअघि ‘रकी और रानी की प्रेम कहानी’ को अपार सफलता र ‘हार्ट अफ स्टोन’ बाट हलिउडमा डेब्यू गरेपछि आलियाले ‘जिगरा’ मा एक अभिनेता र निर्माताको रूपमा काम गरेकी थिइन् ।
आफ्नो आगामी फिल्म ‘जिगरा’ को पोस्ट प्रोडक्सनको काम भइरहेका बेला नायिकाले अर्को एक्सन थ्रिलर ‘अल्फा’ को छायांकन सुरु गरेकी छिन् । उनको फिल्म ‘जिगरा’ ११ अक्टोबर २०२४ मा रिलीज हुनेछ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
