आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै
काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।
गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख छ ।
गुरु शब्दको विग्रह गर्दा गिंरति अज्ञानं इतिः अर्थात ज्ञान प्रदान गरी अज्ञात हटाउने व्यक्ति नै गुरु हो । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ, यस्ता गुरुलाई ब्रह्मा, विष्णु र महेश मानेर पूजा गर्ने प्रचलन रहेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानिएकोले आचार्य देवो भवः भन्ने गरिएको छ । हरेक मानिसको पहिलो पाठशाला घर नै हो पहिलो गुरु भनेका आमा र बुबा नै हुन
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपसमेतमा मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ ।
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर ।
गुरु साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम ।।
माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दे गुरुको विशेष सम्मान गरी मनाइँदैछ । आजको दिनमा गुरुलाई भेट्ने सम्मान गर्ने र उपहार दिएर मनाइने प्रचलन रहँदै आएको छ ।
विभिन्न पेशाकर्मीहरुले आफ्ना गुरुलाई भेटेर उपहार दिने र आशिर्वाद लिने प्रचलन अझै छ । शैक्षिक संघसंस्थाहरुमा गुरुपूर्णिका विशेष रुपले मनाइन्छ । विद्यार्थी र शिक्षकहरु एक आपसमा भेटघाट गर्ने र शिक्षकले विद्यार्थीलाई आशिर्वाद दिने चलन छ ।
गुरु चेलाको सम्बन्धलाई निकै पवित्र सम्बन्ध मानिन्छ । हिन्दु धर्ममा गुरुको विशेष स्थान छ । द्रोणाचार्य, शुक्राचार्य जस्ता गुरुहरुको विशेष स्थान छ । गुरुको आज्ञापालन गर्ने र गुरुको आशिर्वाद पाउन राजा देखि रंकसम्म प्रयास गर्थे भन्ने धर्मग्रन्थहरुमा उल्लेख छ ।
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

