• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ असार २०८३, मङ्गलबार
०२ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट
  • ६ घण्टा 

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?
  • ७ घण्टा 

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने
  • १२ घण्टा 

२०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्
  • १२ घण्टा 

काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु
  • २४ घण्टा 

संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य
  • १ दिन 

विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर
  • १ दिन 

ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य
  • १ दिन 

सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न

  • २. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ३. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • ४. २०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता

  • ६. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • ७. आज मधेश प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा हुने

  • ८. ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य

  • ९. आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

  • १०. पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

साउनमा सोमवारको व्रत किन बसिन्छ ?

जानकारी केन्द्र २०८१, श्रावण, ७

काठमाडौं । साउन र देवताहरुका पनि देवता महादेवबीच गहिरो सम्बन्ध छ । साउन महिना भगवान शिवलाई अत्यन्त प्रिय छ । हरिशयनी एकादशी अर्था आषाढ शुक्ल एकादशीमा भगवान् विष्णु क्षीर सागरमा सुतेपछि हरिबोधिनी एकादशीसम्म भगवान् शिवले सृष्टि सञ्चालनको जिम्मा लिन्छन् ।

त्यस्तै, सूर्य पनि साउनबाट नै दक्षिणतर्फ ढल्किन थाल्छन् अर्थात् साउनबाट दक्षिणायन सुरु हुन्छ । त्यसैले यस समयमा ग्रहहरु कमजोर हुनुका साथै वर्षाका कारण विभिन्न रोगव्याधिले संक्रमण लाग्ने सम्भावना भएकाले पनि भगवान् शिवको आराधना गर्दै व्रत बस्ने चलन छ ।

साउनमा हिन्दूहरु शिवको मन्दिरमा गएर भगवान् शिवप्रति श्रद्धा अर्पण गर्दछन् । साउनको सोमवार शिवभक्तहरु व्रत बस्ने गर्दछन् । साउनको सोमवार शुद्ध हृदयले व्रत बसेर भगवानको पूजा आराधना गरेमा अन्य दिनको तुलनामा कयौं गुणा फल प्राप्त हुने शिवपुराणमा उल्लेख छ ।

पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । तर यस पटक भने चार सोमबार रहेका छन् ।  विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गरिन्छ ।

साउने सोमवारको व्रत विधि 

साउनको सोमवार दिनभर निराहार भएर व्रत बस्ने गरिन्छ । बिहान स्नानादि नित्य कर्म सकेर व्रतको संकल्प गर्नुपर्छ । त्यसपछि घरमै अथवा शिवमन्दिरमा गएर गंगाजल, बेलपत्र, सुपारी, फूल, धतुरो, भाङ आदिले भगवान् शिवको पूजा गरिन्छ । विधिपूर्वक पूजा सम्पन्न गरेपछि व्रत कथा सुन्ने चलन पनि छ । साथै, व्रत बस्नेले शिवको मन्त्र जप पनि गर्दछन् । साउनको सोमवार व्रत बस्नाले वर्षभरिको सोमवार व्रत बसेको पुण्य मिल्ने पुराणहरुमा उल्लेख छ ।

व्रत बसेकाले दिनको तेस्रो प्रहर सकेपछि अथवा साँझ शिवको आरति गरेपछि भोजन गर्ने परम्परा छ । यसरी साउनको पहिलोदेखि अन्तिम सोमवारसम्म व्रतको पालना गर्न सकिन्छ । साउनमा मात्र नभएर शिवसँग सम्बन्धित हरेक व्रत तीन प्रहर नै बस्ने गरिन्छ ।

साउनको सोमवार निषेधित कार्य :

साउनको सोमवार व्रत नबसे पनि कुनै पनि अनैतिक कार्यबाट टाढा रहनुपर्छ, गलत विचार र आचरणबाट टाढा रहनुपर्छ, ब्रह्मचर्यको पालना गर्नुपर्छ, साउनको सोमवार छिटै उठेर भगवान् शिवको ध्यान गर्नुपर्छ, ठूलालाई सम्मान गर्नुपर्छ भने कुनै पनि असहायको अवहेलना गर्नुहुँदैन, साउनमा मांस मदिराबाट टाढा रहनुपर्छ, यसले जीवहत्याको पाप लाग्नुका साथै तन, मन पनि अशुद्ध हुन्छ, साउन हरियालीको मौसम हो, हरियाली शिवजीलाई अत्यन्त मन पर्छ, त्यसैले साउनमा रुखबिरुवा काट्नु अशुभ मानिन्छ ।

किन व्रत बसिन्छ ? 

पौराणिक मान्यता अनुसार सोमवारको व्रत बस्नाले चन्द्र ग्रह सबल हुन्छ । चन्द्र सबल भएमा इच्छाइएका सम्पूर्ण शुभभाव पूरा हुन्छन् । यसबाट फोक्सो, दम र मानसिक रोगबाट मुक्ति मिल्छ । अविवाहित युवतीको लागि यो व्रत निकै लाभदायक हुन्छ । १६ वटा सोमवार शिवको व्रत बसेमा उत्तम वर प्राप्त हुने पुराणमा उल्लेख छ । जसले शुद्ध अन्तःकरणले शिवको उपासना गर्दछ, उसले शिवलोकमा शिवसायुज्य प्राप्त गर्दछ।

शिवको नाममात्रले सम्पूर्ण पाप नष्ट हुन्छ भन्ने मान्यता छ । भगवान् शिव भक्तसँग छिट्टै खुसी हुन्छन्, त्यसैले उनको नाम नै आशुतोष छ । उनको कृपा आशीर्वादले मानिसले जीवनमा सबै संकटबाट मुक्ति पाउँछ र जीवन आनन्दमय हुन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्
२०८३ असार ०२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने

२०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.