ओटीटीमा धेरै हेरिएको फिल्म बन्यो चमकिला
काठमाडौँ । २०२४ को पहिलो ६ महिनामा ओटीटी प्लेटफर्ममा धेरै हेरिएका फिल्मको सूची सार्बजनिक भएको छ । ओरम्याक्स मिडियाले २०२४ को पहिलो हाफमा सबैभन्दा धेरै हेरिएका हिन्दी चलचित्रहरूको सूची सार्वजनिक गरेको हो । २०२४ को पहिलो ६ महिनामा ओटीटीमा धेरै हेरिएको फिल्म इम्तियाज अलीको फिल्म अमर सिंह चमकिला रहेको छ । फिल्मले अहिलेसम्म १.२९ करोड भ्युज पाएको छ । यस फिल्ममा दिलजीत दोसांझ मुख्य भूमिकामा थिए ।
दोस्रो स्थानमा सारा अली खान, करिश्मा कपूर र विजय वर्मा स्टारर फिल्म मर्डर मुबारक छ, जसलाई स्ट्रिमिङ प्लेटफर्ममा १.२२ करोड मानिसहरूले हेरिसकेका छन् । फिल्ममा पंकज त्रिपाठी पनि मुख्य भूमिकामा रहेका छन् । त्यस्तै तेस्रो स्थानमा सारा अली खानको ए वतन मेरे वतन है, जसलाई १.१५ करोड भ्युज प्राप्त भएको छ । फिल्ममा सारा अली खान मुख्य भूमिकामा थिइन् ।
त्यस्तै चौथो स्थानमा रहेको फिल्म महाराजको एक करोड ६ लाख भ्यूज रहेको छ । यस फिल्मबाट आमिर खानका छोरा जुनैदले डेब्यु गरेका थिए । त्यस्तै यस सूचीमा पाँचौं फिल्म पटना शुक्ला रहेको छ । यस फिल्मले अहिलेसम्म ९८ लाख भ्यूज पाएको छ । यस फिल्ममा रविना टण्डन पनि लामो समयपछि यो फिल्ममा देखिएकी हुन् ।
गत वर्षको तुलनामा ओटीटीमा चलचित्र हेर्नेको संख्या घटेको रिपोर्टमा उल्लेख छ । सन् २०२३ को मध्यसम्ममा शाहिद कपूरको फिल्म ब्लडी डैडी १.६६ करोड मानिसले हेरेका थिए ।
ओरम्याक्सले भारतभरका सबै ओटीटी प्लेटफर्महरूमा सबैभन्दा धेरै हेरिएका वेब शो र चलचित्रहरूको सूची जारी गर्दछ । यदि दर्शकले कम्तिमा ३० मिनेटको एपिसोड वा चलचित्र हेरेमा त्यसको आधारमा यो डाटा निकालिने ओरम्याक्सले जानाएको छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
