सिद्धान्त र नव्याको ब्रेकअप
काठमाडौँ । बलिउड अभिनेता सिद्धान्त चतुर्वेदी र नव्या नवेली नन्दा लामो समयदेखि रिलेशनशिपमा रहेको हल्ला चलिरहेको थियो । लामो समयदेखि हल्लामै सिमित रहेका सिद्धान्त र नव्याबीच अहिले आएर ब्रेकअप भएको खबर आएको छ ।
भारतीय मिडियाहरुले दुवैको ब्रेकअप भएको उल्लेख गरेका छन् ।
यी दुई अहिले अलग भइसकेको र सहज रुपमा ब्रेकअप गरेको रिपोर्टमा उल्लेख गरिएको छ । दुवैले अहिलेसम्म आफुहरुको सम्बन्धको बारेमा सार्बजनिक रुपमा टिप्पणी गरेका थिएनन् । सिद्धान्त चतुर्वेदीले एक पुरानो अन्तर्वार्तामा आफू सिंगल नभएको र कसैसँग डेट गरिरहेको बताएका थिए । उनले अन्तर्वार्तामा युवती चलचित्र क्षेत्रसँग आवद्ध भएपनि अभिनेत्री भने नभएको बताएपछि उनी नव्या भएको अड्कल काटिएको थियो ।
सिद्धान्त चतुर्वेदी हाल बलिउडका उदयीमान अभिनेता हुने भने नव्या महानायक अमिताभ बच्चनकी नातिनी हुन् । फिल्म क्षेत्र भन्दा बाहिर नव्याले आफ्नो पिताको बिजिनेस बाहेक सामाजिक सेवा तथा आफ्नो पोडकाष्ट गर्ने गर्दछिन ।
त्यस्तै सिद्धान्त भने अब बहुप्रतिक्षित फिल्म ‘धडक २’ मा देखिने भएका छन् । उनी बाहेक फिल्ममा अभिनेत्री तृप्ति डिमरी पनि देखिनेछिन् । फिल्मलाई शाजिया इकबालले निर्देशन गरिरहेकी छन् ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

