‘तनु वेड्स मनु–३’ बनाउने सोचमा निर्देशक, कंगना हुने नहुने छै टुंगो
मुम्बई । प्रायः जब कुनै फिल्मको सिक्वेल वा दोस्रो भाग आउँछ, दर्शकको ध्यान आकर्षित गर्न असफल हुन्छ।
तर, २०११ मा रिलिज भएको ‘तनु वेड्स मनु’ ती फिल्म मध्येको एक हो, जसको सिक्वेलले पनि फ्यानहरुको मन जितेको थियो । त्यसैबेला दर्शकको ध्यान तेस्रो भाग आउँछ कि आउँदैन भन्नेमा केन्द्रित भयो । आनन्द एल द्वारा निर्देशित यस फिल्ममा कंगना रनौत र आर माधवन मुख्य भूमिकामा देखिएका थिए।
यसैबीच, डाइरेक्टले फिल्मको तेस्रो भाग अर्थात ‘तनु वेड्स मनु’ ३ को बारेमा ठूलो अपडेट साझा गरेका छन् । न्युज १८ शोसासँग कुरा गर्दै आनन्द एल राईले भने, ‘तनु वेड्स मनु यस्तो फ्रेन्चाइजी हो, जसको पार्ट ३को माग छ । ती पात्रहरू सुन्दर थिए र माधवन र कंगनाले सुन्दर ढंगले खेलेका थिए। उनका पात्रहरू कथाभन्दा अलि ठूला भए । तनु वेड्स मनु राम्रो भयो। कथा पूरा भयो तर पात्रहरू फर्कन धेरै उत्सुक थिए। त्यसैले हामीले अर्को कथा बनायौं।’
उनले थपे, ‘तनु वेड्स मनु रिटर्न्सबाट हामीले नयाँ पात्र दत्तोलाई प्रस्तुत गरेका थिया ैं। यी सबै पात्रहरूले भाग ३ को माग गरिरहेका छन् र हामीले एउटा राम्रो कथा पाउने बित्तिकै तनु, मनु र दत्तो हकदार छन्। हामी बनाउँछौं।’
उल्लेखनीय छ कि २०२४ मा मन्डीबाट लोकसभा सिट जिते पछि फ्यानहरू कंगना रनौतलाई फिल्ममा हेर्न उत्सुक छन्। तर, यसमा उनी देखिने छन कि छैनन, यो भने अझै भन्ने सकिने अवस्थामा छैनन ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
