• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • १४ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १५ घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १५ घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १ दिन 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १ दिन 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

२०८१ साल भाद्र महिनामा यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८१, भाद्र, १

मेष राशि
मेष राशिका लागि भाद्र महिनामा नसोचेको ठाउँबाट धनागम हुनेछ । शुभ समाचार सुन्न पाइएला । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । महिनाको अन्त्यबाट स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । यो महिनाको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग रातो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीको दर्शन गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ।

वृष राशि
वृष राशिलाई यो महिनामा मिश्रित फल मिल्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ । घर परिवारमा झैझमेलाको अवस्था आउला । नियमित खर्चसमेत बढ्ने योग छ । महिनाको उत्तरार्धबाट ठीक समयमा सही निर्णय लिन सकिनेछ । शैक्षिक क्षेत्रमा सफलता पनि मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग हल्का पहेँलो वा रातो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरि आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

मिथुन राशि
भाद्र महिनामा सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कला साहित्यका क्षेत्रमा विशेष लगाव रहनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । रमाइलो भेटघाट हुनेछ । मुद्दा मामिलामा सफलता पाइनेछ । महिनाको अन्त्यमा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवदुर्गालाई आमरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कर्कट राशि
कर्कट राशिका लागि भाद्र महिनामा शुभारम्भको चर्चा चल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो महिनाको लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग पहेँलो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य प्रारम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

सिंह राशि
सिंह राशिका लागि भाद्र महिनामा जोशजाँगर र हिम्मत बढ्ला । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । नयाँ लगानी र आर्थिक वृद्धि हुने देखिन्छ र व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक यात्राको योग पनि बन्नेछ । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ।

कन्या राशि
यो महिनामा नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । कार्य क्षेत्रमा सजग रहनु उचित हुनेछ । मध्य महिनामा वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । घर, जग्गा खरिद बिक्रीको योग छ । सफल यात्रा पनि हुन सक्छ । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग गुलाबी वा आकाशे नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

तुला राशि
यो महिनामा तुलाराशिका व्यक्तिहरूलाई स्थान परिवर्तनका विशेष योग देखिन्छन् । आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ । जोशजाँगर र हिम्मत बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन र महत्वकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग गुलाबी वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक राशि
वृश्चिक राशिका लागि भाद्र महिना राम्रो फल मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ पद, प्रतिष्ठा, वस्त्र र अलंकार प्राप्ति हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । नजिकका व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । वैदेशिक यात्राको योग पनि छ । यो महिनाको लागि शुभ अङ्क ३,४ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

धनु राशि
धनु राशिका लागि भाद्र महिनामा नयाँ कार्यको थालनी हुनेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । वाहन लाभ हुने समय छ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ, तर मध्य महिनामा भने स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । पुँजी बजारको लगानी पनि त्यति राम्रो नहोला । यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग सेतो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवको आमरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मकर राशि
मकर राशिका लागि भाद्र महिनामा त्यति राम्रो फल मिल्नेछैन अतः मिश्रित पहल मिल्नेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । महिनाको मध्यबाट आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ । यो महिनाको लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरि आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

कुम्भ राशि
यो महिनामा लामो यात्रा सुखद् र सफल हुनेछ । चलाखीपूर्ण बोलीले कार्य सम्पादन हुनसक्छ । प्राविधिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाको लागि शुभ अङ्क २,६ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

मीन राशि
यो महिना समग्रमा सकारात्मक महिना रहेको छ । कला र गलाको प्रभाव बढ्दै जानेछ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ । यो महिनाको लागि शुभ अङ्क ७,८ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।   (अधिक जानकारीका लागि 977-9849559502)

– ज्यो.प. नारायणप्रसाद दुलाल

 

 

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.