लुयानको चाडपर्व अफर भदौ मसान्तसम्म,के के छन् सुविधा?
काठमाडौँ । लुयान ब्राण्डको नेपालको लागि आधिकारिक वितरक जीरो इमिसन राइड एनले लुयान चाडपर्व अफर शुरु गरेको छ । यस अन्तर्गत लुयानका कनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्दा रु १० हजार नगद छुटका साथै एउटा एअर फ्रायर उपहार पाइनेछ। यो अफर भदौ १ गते देखि भदौ मसान्तसम्म जारी रहने लुयानले जनाएको छ।
नियमित आम्दानीको आधारमा फाइनान्सको पनि सुविधा उपलब्ध गराइने जनाउँदै आम्दानीको स्तरको आधारमा कमसकेम २०५ डाउनपेमेन्टमा अधिकतम २ बर्षसम्मको फाइनान्स सुविधा दिन सकिने लुयानले जानकारी दिएको छ ।
यसका साथै चालु आर्थिक बषर्को कर, एउटा प्रिमियम हेलमेट र ६ पटक सर्भिस फ्रिमा उपलब्ध गराइने छ। साथेै कुनै पनि पुराना बाइक अथवा स्कुटर ल्याएर लुयानका नयाँ स्कुटरसगँ साटफेर गरेर पनि लान सकिने एक्सचेन्जको सुविधा पनि उपलब्ध रहेको छ। पुराना बाइक अथवा स्कटुर पेट्रोलवाला भएपनि अथवा इलेक्ट्रिक भएपनि एक्सचेन्ज गर्न सकिने लुयानले जनाएको छ।
आजको हालसम्म आइपुग्दा विश्वका करिब ८० बढी मुलुकहरुमा लुयानका इलेक्ट्रिक स्कुटरहरुको बिक्रि वितरण भइरहेको बताइएको छ।हरेक सर्भिस सेन्टरमा चार्जिङ्ग प्वाइन्ट पनि रहेकोले आवश्यक परेमा ग्राहकले आफ्नो स्कुटर चार्ज गर्न सकिने छ, लुयान ब्राण्ड इलेक्ट्रिक स्कुटरको लागि विश्वविख्यात नाम हो ।
लुयानका स्कुटरहरुमा लिक्विड कुल्ड मोटर हुनेहुँदा अन्य सामान्य हब मोटरवाला स्कुटर भन्दा तान्नेक्षमता बढी हुनेगर्दछ भनेयसको लाइफ पनि बढी हुन्छ।आइपि ६७ वाटर एण्ड डस्ट रेसिस्टेन्टयुक्त स्कुटर भएकालेलुयानका स्कुटरहरुलाई बर्षायाममा चलाउन कुनै समस्या पर्ने छैन।
काठमाण्डौं उपत्यका भित्र मात्र ७ स्थानमा सर्भिस सेन्टरको व्यवस्था गरेका् जनाइएको छ। हरके सर्भिस सेन्टरमा चार्जिङ प्वाइन्ट पनि रहेकोले आवश्यक परेमा ग्राहकले आफ्नो स्कुटर चार्ज गर्न सकिने लुयानले जनाएको छ। देशको उर्जा देशमै खपत भन्ने नाराका साथ लुयान नेपालले विगत ५ बर्ष देखि नेपालमा लुयान ब्राण्डका इलेक्ट्रिक ब्राण्डका इलेक्ट्रिक स्कुटर बिक्रि गर्दै आइरहेको छ।

सम्बन्धित समाचार
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

