अभिनेत्री श्रद्धा बनिन् इन्स्टाग्राममा दोस्रो बढी फलोअर्स हुने भारतीय
काठमाडौँ । बलिउड अभिनेत्री श्रद्धा कपुर बलिउडकी सफल अभिनेत्री हुन् । हालै रिलिज भएको फिल्म ‘स्त्री २’ को सफलतापछि श्रद्धा कपुर लगातार चर्चामा छिन् । हालै उनले इन्स्टाग्राम फलोअर्सको मामिलामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई उछिनेर अहिले चर्चामा आएकी छन् ।
मोदीलाई उछिनेसँगै श्रद्धा अब इन्स्टाग्राममा सबैभन्दा धेरै फलो हुने दोस्रो भारतीय बनेकी छिन् । श्रद्धा कपुरका इन्स्टाग्राममा ९२ मिलियन फलोअर्स पुगेका छन् । जबकी प्रियंका चोपडाका ९१.८ मिलियन फलोअर्स रहेका छन् ।
अहिलेसम्म प्रियंका चोपडा यस मामिलामा बलिउड स्टारहरूमा सबैभन्दा अगाडी रहेकी थिइन् । तर अहिले श्रद्धाले उनलाई पछि पार्दै पहिलो नम्बरमा आफ्नो स्थान बनाएकी छिन् । अब श्रद्धाभन्दा बढी क्रिकेटर विराट कोहलीका इन्स्टाग्राममा सबैभन्दा फलोअर्स रहेका छन् । विराटका इन्स्टाग्राममा २७० मिलियन फलोअर्स रहेका छन् । विराट इन्स्टाग्राममा सबै भन्दा बढी फलोअर्स भएका भारतीय हुन् ।
रिपोर्टका अनुसार फिल्म स्त्री-२ रिलिज हुनुअघि श्रद्धा कपुरका इन्स्टाग्राममा करिब ९० मिलियन फलोअर्स थिए । तर फिल्म हलमा रिलिज भयो र दर्शकको अपार समर्थन पायो । फिल्मले बक्स अफिसमा मात्र सफलता हासिल गरिरहेको छैन, अभिनेत्री श्रद्धाका फलोअर्स समेत बढेका छन् ।
स्त्री-२ ले भारतीय बक्स अफिसमा मात्र ३६० करोड कमाई गरिसकेको छ ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

