फिल्म ‘सानो संसार’को प्रदर्शन मिति हेरफेर
काठमाडौँ । निर्माता अर्जुन कुमारले आफ्नो आगामी फिल्म ‘सानो संसार’को प्रदर्शन मिति हेरफेर गरेका छन् । यसअघि असोज १७ गते अर्थात् घटस्थापनामा आउने भनिएको फिल्म अब एक हप्ता अगाडि नै प्रदर्शन हुने भएको छ ।
आइतबार एउटा पोस्टरमार्फत् आगामी असोज ११ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । अब घटस्थापनाको अर्को फिल्म ‘बेहुली फ्रम मेघौली’ सोलो रिलिज हुने भएको छ ।
पारिवारिक कथावस्तुमा निर्माण भएको ‘सानो संसार’मा हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका छ भने राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी लगायतको पनि अभिनय छ । यो फिल्ममा सिद्धार्थ पुडासैनीको लेखन तथा निर्देशन छ ।
राजधानी मिडिया एड प्रोडक्सन एवं प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको फिल्मका कार्यकारी निर्मातामा माधव वाग्ले रहेका छन् । यसअघि सन् २००८ मा पनि ‘सानो संसार’ शीर्षकमा फिल्म बनेको थियो । सोहि शीर्षक सापटी लिएर भिन्न कथामा निर्माता कुमारले फिल्म बनाएका हुन् ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

