१२५ औं अम्बेडकर जयन्ती काठमाडौंमा एकअन्तरक्रिया गरि मनाईयो
आकाश बागचन्द बैशाख २ १२५ औं अम्बेडकर जयन्ती आज काठमाडौंमा एकअन्तरक्रिया कार्यक्रमको आयोजना गरि मनाईयो ।समाज बिकासका लागि कानुन र सञ्चार एक साथस्लाम्स नेपाल र वकिलहरूको राष्टिय अभियानल्यानकाउ नेपाल द्वारा संयुक्त रूपमा नेपाल ल क्याम्पसमाआयोजित अन्तरक्रिया कार्यक्रमको बिषय “नेपालमाबाबा साहेब भिमराव अम्बेडकरको सान्दर्भिकता“ रहेकोथियो । अन्तरक्रियाका प्रमुख वक्ता संविधानबिद् अधिवक्ता दिनेशत्रिपाठीले भने “ प्रोफेसर अनत्यर्सेनले अम्बेडकरलाईआफ्नो गुरू मान्नुले अम्बेडकरको विशिष्ट व्यक्तित्वकोपरिचय दिन्छ । अम्बेडकर एक दुरदर्शी नेता अभियान्ताहुनुहुन्थ्यो ।“ उनले थपे अम्बेडकरले मस्यौदा गरेकोभारतिय संविधान आर्थिक सामाजिक क्रान्तिकोदस्तावेज मात्र नभएर यसले सामाजिक न्यायकोआन्दोलनलाई प्रभाव पारेको थियो ।
नेपाल र भारत कोजनसांखिकिय बनोट सामान प्रकारको रहेकोले नेपालसमेत यस बाट अछुतो रहन सकेको छैन । आजकादिनमा अम्बेडकरको महत्व झनै बढ्दै गएको छ । कार्यक्रमका अर्का वक्ता ल्यानकाउ नेपालका कार्यकारीनिर्देशक प्रभाकर वागचन्दले कार्यक्रमका उदेश्यमाथिप्रकाश पार्दै अम्बेडकरको व्यक्तित्व समुदाय, देश वाभौगोलिक सिमानामा संकुचित हुन नसक्ने भन्दै उहाँ विश्वनेता भएको उल्लेख गर्नु भयो । अम्बेडकर जयन्तीमानविय मुल्य र सम्मानको दिवस भएको प्रष्ट पार्नुभयो । कार्यक्रममा स्लाम्स नेपालका अध्यक्ष दीपक पराजुलीलेस्वागत मन्तव्य राख्दै अम्बेडकर सामाजिक न्यायकालागि विश्व नायक रहेको जानाकारी दिए । कुसुमअधिकारीले सहजिकरण गरेको कार्यक्रममा नेपाल लक्याम्पसका प्राध्यापकहरूले समेत आफ्ना भनाईहरूराख्नु भएको थियो । सहभागी विधार्थीहरूले यस्ताकार्यक्रम बिधार्थीको ज्ञान विकासमा प्रभावकारी रहेकोबताएका थिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

