Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

नेताहरु अभिनेता बनेको फिल्म फ्लप, तनावमा निर्देशक ढुंगाना

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, भाद्र, १३
नेताहरु अभिनेता बनेको फिल्म फ्लप, तनावमा निर्देशक ढुंगाना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’ फ्लप भएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले समेत अतिथि भूमिका निभाएको उक्त चलचित्र फ्लप भएको हो । स्रोतका अनुसार चलचित्रले दुई करोड लगानी डुबाएको हो ।

अभिनेता रंमित ढुंगानाले निर्देशन गरेको यस चलचित्रको प्रचार प्रसारका लागि कुनै कसर बाँकी राखिएको थिएन । गत शुक्रबार प्रदर्शनमा आएदेखि हलमा दर्शकको संख्या शून्य हुँदै गएको बताइएको छ । प्रदर्शनको आज चौथो दिनमा आइपुग्दा हलमा चलचित्र हेरेर प्रतिक्रिया दिने दर्शकको अभाव देखिएको बताइन्छ ।

चलचित्र डुबेपछि यतिबेला निर्माता समेत रहेका निर्देशक ढुंगाना तनावमा छन् । चलचित्र बनाउँदा लगानी गरेको दुई करोड स्वाहा भएको उनको भनाई छ । उसो त सामाजिक सञ्जालमा चलचित्रको राम्रै चर्चा भएको थियो । तर हलमा भने दर्शक देखिएनन् ।

चलचित्र सामाजिक कथावस्तुमा केन्द्रित भएपनि दर्शकमा राजनीतिक विषय वस्तु हो कि भन्ने भ्रम सिर्जना भएर नचलेको रमितको अनुमान छ । फिल्म नचल्दा अमेरिकामा भएकी श्रीमतिले पनि गाली गरेको उनको दुःखेसो छ ।

Top Changing Nepal

युट्युब सट्स