फोटोनले २८ औं वार्षिकोत्सव नेपाल सहित विश्वव्यापी विभिन्न कार्यक्रमका साथ मनाए
काठमाडौं । विश्वको अग्रणी व्यावसायिक सवारी साधन निर्माता कम्पनी फोटोनले आफ्नो २८ औं वार्षिकोत्सवलाई विश्वभर विभिन्न कार्यक्रम गरी मनाएको बताइएको छ । नेपालमा यो अवसरलाई एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले नाडा अटो शोमा भव्य समारोहका साथ मनाएको थियो । नाडा अटो शोमा केक काटेर कम्पनीले २८औं वार्षिकोत्सव मनाएको जनाएको छ ।
फोटोनले नेपाली बजारमा कुशल र भरपर्दो व्यावसायिक सवारी साधन उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई थप उजागर गर्दै नाडा अटो शोमा आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । कार्यक्रममा एमएडब्लु वृद्धिका अध्यक्ष श्री विष्णु अग्रवाल र प्रबन्ध निर्देशक श्री विवेक सिकरिया, सीईओ तुषार गुप्ता लगायत फोटन नेपालका प्रमुख अधिकारीहरूको उपस्थिति रहेको थियो। नाडा अटो शोमा केक काटी कम्पनीको निरन्तर सफलता र स्थानीय समुदायको सेवामा समर्प्रित रहेको सन्देश दिए ।

एमएडब्लु वृद्धि कमर्शियल भेहिकल, फोटोन मोटर्सको आधिकारिक वितरक (चीनको नम्बर 1 कमर्शियल भेहिकल निर्माता) ले हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वान जस्ता कुशल र भरपर्दो सवारी साधनहरूको रेन्ज प्रदान गर्ने कम्पनीको रहेको दाबी छ। फोटोनको उत्कृष्ट प्रमाणित ट्र्याक रेकर्ड र नयाँ टेक्नोलोजीहरुको प्रतिबद्धताले फोटोनलाई नेपाली बजारमा निरन्तर वृद्धि र सफलताको लागि थप स्थान दिने कम्पनीले बताएको छ ।
सम्बन्धित समाचार
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

