• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १२ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • १३ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १४ घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १४ घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १ दिन 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १ दिन 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

२०८१ भाद्र २२ देखि २८ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८१, भाद्र, २२

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता नयाँ जिम्मेवारी पाइएला । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । व्यवसायका लागि यात्राको सम्भावना छ । धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । पुनर्मिलनको योग पनि रहेको छ । यो साताका लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता शुभकार्यको योग रहेको छ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । मध्य साताबाट लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । सपना पनि प्रतिकूल देखिन सक्छ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व शङ्करजीको स्मरण गरि कार्य आरम्भ कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो हप्ता सोचेभन्दा धेरै मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्न सकिएला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ, तर मध्य साताबाट शुभकार्यको चर्चा चल्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । नयाँ वस्त्र र अलंकार आदिको प्राप्ति पनि हुनेछ । यो साता यो साताका अधिक लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग कलेजी वा घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु अघि लक्ष्मीजीको दर्शन गरि कार्य गर्नाले सफलता मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । प्रिय व्यक्तिसँग भेटघाट हुनेछ । क्रियाकलापमा सहभागी हुन पाइनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । मध्य सातामा बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग सेतो हो । शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता सिंह राशिका व्यक्तिलाई कामहरू अधुरै रहलान् । मित्रहरूले दिएको वचन फेरिन सक्छ । लगानी डुब्ने भय छ अतः सचेत रहनु होला । बुधवारबाट प्रेममा सम्बन्धमा मधुरता छाउनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । धार्मिक यात्राको योग पनि छ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हरियो वा सेतो हो । शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ कामको थालनी हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । मध्य सातामा आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पर्पल वा आकाशे नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता तुला राशिलाई आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । निर्णायक क्षमतामा कमी आउनेछ । साताको मध्यबाट शुभ समाचार सुन्न पाइएला । प्राविधिक क्षेत्रमा विशेष रुचि बढ्नेछ । पुनर्मिलनको योग पनि रहेको छ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा शुभ फल मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशिलाई यो साता धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्ततः फाइदा नै पुर्‍याउनेछ । कलकारखाना र बन्दव्यापारमा पनि फाइदा हुनेछ । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता रोकिएका अधुरा कार्य पुनस् प्रारम्भ गर्न सकिएला । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शैक्षिक क्षेत्र र प्राविधिक काम पनि सहजै सम्पन्न हुनेछ । साताको अन्त्यमा दौडधुप गर्नु परे पनि लाभ हुनेछैन । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता शुभ कार्यमा सरिक हुन सकिनेछ । प्रेमी र प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । साताको अन्त्यमा अनावश्यक र दिक्कलाग्दो यात्रा हुनसक्छ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु अघि आफ्नो गणेशजीको स्मरण गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता कुम्भ राशि हुनेहरूका लागि प्रेम जीवन सफल हुनेछ । आँटेको र ताकेको कार्य पूरा होला । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ अत: भाग्यले विभिन्न अवसर जुराउनेछ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग रातो वा पहेँलो हो । शुभकर्म गर्नु पूर्व आफ्नो कुलदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता आर्थिक वृद्धिका साथै शेयर बजारमा विशेष अभिरुचि रहनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । वैदेशिक लगानी या कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग खैरो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि कार्य गर्नाले सफलता मिल्नेछ। (अधिक जानकारीका लागि 977-9849559502)

– ज्यो.प. नारायणप्रसाद दुलाल

 

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.