नेपाली बजारमा मोष्ट अफरडेवल सब-कम्प्याक्ट एस.यु.भी., दायुन युइहु
काठमाडौँ । नाडा अटो शो २०८१ मा सी.जी. मोटर्सले विभिन्न ८ वटा ब्राण्डहरु प्रदर्शनमा राखिएको थियो भने, नाडा अटो शो सकिए लगत्तै सी.जी. मोटर्सले आफ्नो पोर्टफोलियोमा थप नयाँ ब्राण्ड थपेको छ, चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिनहरु उत्पादन गर्दै आएको दायुन ग्रुपले चीन बजारको सफलता पश्चात चौधरी ग्रुप अन्तर्गत सी.जी. मोटर्सले दायुन युइहु सब-कम्प्याक्ट एस.यु.भी. नेपाली बजारमा बिक्रि वितरण सुरु गर्न लागेको बताइएको छ ।
नेपाली बजारकै मोष्ट अफरडेवल सब-कम्प्याक्ट एस.यु.भी., दायुन युइहु चाँडै नै सार्वजनिक गर्ने सी.जी. मोटर्सले जनाएको छ। दायुन युइहु नेपालको बाटोलाई सुहाउँदो र पर्फेक्ट रहेको सी.जी. मोटर्स बताएको छ । दायुन युइहुमा ३९ किलोवाटको मोटर रहेको छ जसले १२५ एन.एम. को टर्क जेनेरेट गर्दछ भने यसमा ३०.६६ किलोवाटआवरको ब्याट्री पाउन सकिन्छ भने उक्त ब्याट्रीले ३०० किलोमिटर भन्दा धेरै रेञ्ज प्रदान गर्दछ भने २०% बाट ८०% चार्ज गर्न डि.सी. चार्जर मार्फत ५४ मिनेट भन्दा कम लाग्ने कम्पनीको दाबि रहेको छ ।
दायुन युइहु सब-कम्प्याक्ट एस.यु.भी. उत्कृष्ट २०१ एम.एम. को ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ भने फ्रन्ट एण्ड रियर इन्डिपेन्डेन्ट शस्पेन्शन रहेको हुँदा जस्तोसुकै अफरोड तथा खराब बाटोहरुमा उत्कृष्ट कम्फर्ट र आरामदायी यात्रा हुने कम्पनीले जनाएको छ। इन्डिपेन्डेन्ट शस्पेन्शन समावेश गरीएको उक्त गाडी यस सेग्मेन्टकै पहिलो रहेको बताइएको छ। ७ इन्चको इन्सट्रुमेन्ट क्लस्टर, किलेश इन्ट्री, टाएर प्रेशर मनिटरीङ्ग सिस्टम, एयरब्याग, ए.बि.एस., इ.बि.डि., हिल स्टार्ट एसीस्ट कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, वन टच विन्डो, पार्किङ्ग रेडार र क्रुज कन्ट्रोल जस्ता फिचर्सहरु उक्त गाडीमा समावेश गरिएको कम्पनीले बताएको छ ।
सम्बन्धित समाचार
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?