विश्वप्रसिद्ध मर्सिडीज-बेन्ज र जीली ग्लोबल संग सहकार्य भएको ब्रान्ड स्मार्ट अब नेपालमा चाडैँ लञ्च हुदैँ
काठमाडौँ । सीजी मोटर्सले नयाँ ईभी स्मार्ट #१ र स्मार्ट #३ को नेपालमा लञ्च गर्न लागेको छ , जसले ईलेक्ट्रिक ड्राइभिङ्गमा आधुनिकताको नयाँ लहर ल्याउने बताइएको छ। नयाँ पुस्ताका स्मार्ट सवारीहरू विश्वव्यापी मर्सिडीज-बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जीली ग्लोबल इन्जिनियरिङ टीमद्वारा इन्जिनियर गरिएको छ। चीनमा उत्पादन हुने यी सवारीहरू छिटो बढ्दो बी-सेगमेन्टको लागि तयार गरिएका छन्, जसले चालकलाई प्रिमियम प्रविधिको अनुभव दिनेछन् ।
विश्वभरि १६ लाख भन्दा बढी स्मार्ट सवारीहरू बिक्रीको साथ, ब्रान्डले छोटो समयमा नै अन्तर्राष्ट्रिय बजारमा नाम कमाउन सफल रहेको बताइएको छ। दुवै मोडेलले सुरक्षा सुनिश्चित गर्दै फाइभ स्टार यूरो एनसीएपी सेफ्टी रेटिङ प्राप्त गरेका छन् । अत्याधुनिक ड्राइभर-असिस्ट, आकर्षक डिजाइन र नव प्रविधि जस्ता विशेषता स्मार्टमा सामेल छन्।
विश्वव्यापी मर्सिडीज-बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जीली ग्लोबल इन्जिनियरिङ टीमद्वारा इन्जिनियर गरिएको स्मार्ट #१ र #३ अब छिटै नेपालमा प्रक्षेपण हुदैँ र नेपालको ड्राइभिङ अनुभवलाई दिगो र स्मार्ट भविष्यतर्फ अघि बढाउने कम्पनीले बताएको छ ।
सम्बन्धित समाचार
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
