• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ जेठ २०८३, शनिबार
१६ जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल
  • १० घण्टा 

के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका
  • ११ घण्टा 

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने
  • १३ घण्टा 

भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित
  • १४ घण्टा 

लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ :  प्रधानमन्त्री बालेन
  • १४ घण्टा 

साउनदेखि कुन कर्मचारीले कति तलब पाउँछन् ?
  • १४ घण्टा 

एसियन गेम्स छनोटमा कुशल भुर्तेलको ऐतिहासिक कीर्तिमान
  • १६ घण्टा 

भन्सार दर वृद्धि गरेसँगै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • १७ घण्टा 

ट्रक दुर्घटना हुँदा चालकको निधन
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. आकर्षक डिजाइन र उत्कृष्ट पर्फमेन्ससहित शाओमीले सार्वजनकि गर्यो नयाँ ९.७ इन्चको ‘रेडमी प्याड २’

  • २. देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान

  • ३. कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

  • ४. चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच द्विपक्षीय व्यापार तथा लगानीबारे छलफल

  • ५. प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

  • ६. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. अर्थतन्त्रको आकार ६६ खर्ब, प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान

  • ९. ट्रक दुर्घटना हुँदा चालकको निधन

  • १०. २०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

गोगोरो र नेबुला इनर्जीद्वारा नक्सालको नारायणचौरमा नेपालको पहिलो अत्याधुनिक एक्सपिरियन्स सेन्टरको उद्घाटन

जानकारी केन्द्र २०८१, आश्विन, ३

काठमाडौं  । शहरहरूका लागि सस्टेनेबल मोबिलिटी सोलुसन प्रदान गर्न, ब्याट्री-स्वापिङ टेक्नोलोजी इकोसिस्टममा विश्वकै अगुवा गोगोरो इंक (नस्दाक : जीजीआर) र नेबुला इनर्जीले आज नारायणचौर, नक्सालमा आफ्नो पहिलो एक्सपिरियन्स सेन्टरको उद्घाटन गरेका छन् ।

मिडियासँग कुरा गर्दै नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले सस्टेनेबल मोबिलिटी र प्रविधिको नयाँ युगमार्फत् गोगोरोले नेपालको जिरो इमिसन लक्ष्यमा योगदान पुर्‍याउने आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सस्टेनेबल मोबिलिटीका लागि यो एक्सपिरियन्स सेन्टर गोगोरो र नेबुलाको दीर्घकालीन भिजनको सुरुवात मात्र रहेको कुरामा जोड दिए।

सो भनाईमा थप्दै प्रबन्ध निर्देशक सहायु गोयलले दुई पाङ्ग्रे सेग्मेन्टमा ईभीको प्रयोग व्यापक स्तरमा हुनका लागि प्रविधिमा सक्षम हुनुपर्ने आवश्यकता रहेको औंल्याएका छन् । ब्याट्री-स्वापिङ टेक्नोलोजीद्वारा सञ्चालित गोगोरोका स्कूटर रेन्जले विद्युतीय दुई पाङ्ग्रे सवारी खरिद गर्ने उपभोक्ताहरूले सामना गर्ने यस्ता प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्न मौलिक समाधान प्रदान गर्दछ।

कम्पनीका महाप्रबन्धक, चिरन्जिवी शाह का अनुसार यो एक्सपिरियन्स सेन्टरले स्मार्ट स्कुटर र स्वाप् स्टेशनहरू मार्फत् ग्राहकहरूलाई गोगोरोको प्रविधि अनुभव गर्ने पहिलो लाइभ टचपोइन्टको रूपमा समेत काम गर्ने छ । शाहका अनुसार ग्राहकहरूले अब आफ्नो मन पर्ने गोगोरो मोडेलहरू टेस्ट राइड गर्न सक्ने र विभिन्न ब्याट्री स्वापिङ प्लान का बारेमा जानकारी लिएर बुकिङ समेत गर्न सक्ने छन्।

 गोगोरो जेगो

जेगोको सुरुवाती मुल्य रु. २२९,९०० रहेको छ । गोगोरो जेगोले ईभी स्कूटरको बजारमा अरुभन्दा फरक विभिन्न सुविधाहरू प्रदान गर्दछ। यो स्लीक नयाँ बडी डिजाइन र गोगोरोका मुख्य आविष्कारहरूसँग सुसज्जित छ। यसका मुख्य विशेषताहरूमा डुअल ब्याट्री अप्सनहरू समावेश छन् जसले उच्च गति र लामो रेन्जहरू प्रदान गर्दछ। जेगोमा फराकिला आरामदायी सिट, चौडा ट्रंक र हल्का तौल उपलब्ध छ जसले यसलाई सजिलै चलाउन र डोहोर्याउन मिल्ने बनाउँछ।

गोगोरो क्रसओभर जीएक्स २५०

क्रसओभर जीएक्स २५० को सुरुवाती मुल्य रु २७४,९०० रहेको छ । गोगोरो क्रसओभर जीएक्स २५० अल्टिमेट दुई पाङ्ग्रे एसयूभी हो। भारतको महाराष्ट्रमा बनाइएको क्रसओभर जीएक्स २५० भारतमा निर्मित गोगोरोको पहिलो स्मार्टस्कुटर हो। पुन: डिजाइन गरिएको क्रसओभर सिरिज, अल टेरेन फ्रेममा बनाइएको छ जसले विभिन्न स्टोरेज, राइडिंग र कस्टोमाइजेसन क्षमताहरू प्रदान गर्दै बढ्दो रिजिडिटी र कम्फर्ट दिन्छ। क्रसओभर जीएक्स २५० को नयाँ फ्रेम डिजाइनले सस्पेन्सन प्रणालीको स्थायित्वलाई बढाउँछ र आराम र स्थिरतालाई जोड दिँदै ठूला भारहरू पनि अटाउन सक्छ।

 गोगोरो पल्स

पल्सको सुरुवाती मुल्य रु ५९९,९०० रहेको छ । भविष्यलाई दृष्टिगत गरेर गोगोरोले नयाँ एडभान्स्ड हाइ पर्फर्मेन्स स्मार्टस्कूटरलाई पुनः डिजाइन गर्ने क्रममा पल्सको निर्माण गरेको हो। पल्स विश्वकै पहिलो हाइपर इलेक्ट्रिक स्कुटर हो र यसले गोगोरोको नवीनता र क्षमतालाई स्पष्ट रूपमा प्रदर्शन गर्दछ।

पल्सले एडभान्स्ड एरोडायनामिक डिजाइन, नयाँ ९ किलोवाटको गोगोरो-डिजाइन पावरट्रेन, रिभोलुसनरी एडेप्टीभ एक्टिभ-म्याट्रिक्स लाइटनिङ र प्यानोरामिक हाई-डेफिनिशन टच डिस्प्ले प्रयोग गर्दछ।

पल्स गोगोरोको नयाँ हाइपर ड्राइभ पावरट्रेनद्वारा संचालित छ जुन ऊर्जा खपत घटाएर पर्फर्मेन्स बढाउन डिजाइन गरिएको हो। हाइपर ड्राइभको मुटुमा गोगोरोको नयाँ हाई पर्फर्मेन्स एच वान मोटर, पूर्ण रूपमा पुनः डिजाइन गरिएको इलेक्ट्रिक पावर प्लान्ट र पछिल्लो ह्वीलमा ३७८ एनएम टर्कको साथमा अत्याधुनिक ट्रयाक्सन कन्ट्रोल प्रदान गर्ने एक शक्तिशाली स्मार्ट प्रणाली हाइपरकोर हुन्छ। गोगोरोको हाइपर ड्राइभले नयाँ हाइब्रिड वाटर र एयर डुअल-कूलिङ प्रणालीलाई पनि एकीकृत गर्दछ। हाइपर ड्राइभले पल्सलाई पर्फर्मेन्सको निम्न नयाँ लेभलहरू प्राप्त गर्न सक्षम बनाउँछ:

–   ०-५० किमिरप्रतिघण्टा – ३.०५ सेकेन्ड
–   ९.० किलोवाट – म्याक्सिमम पावर आउटपुट
–   ११,००० आरपीएम – म्याक्सिमम आरपीएम
–  ३७८ एनएम टर्क – रियर व्हीलमा

गोगोरो ब्याट्री–स्वापिङ प्लान

एक्सपिरियन्स सेन्टरको साथै गोगोरोले विद्यार्थी, व्यवसायी र अन्य यात्रु सहित आफ्ना ग्राहकहरूका विविध आवश्यकताहरू पूरा गर्ने गरी नेपालमै पहिलो पटक ब्याट्री स्वापिङ प्लान पनि घोषणा गरेको छ। ब्याट्री स्वापिङ प्लान रू. ७९९ बाट सुरु हुनेछ र यो ३० दिनको लागि मान्य रहनेछ। विविध क्षेत्रका ग्राहकहरूको मोबिलिटी आवश्यकताहरू पूरा गर्न मल्टिपल स्वापिङ प्लानहरू पनि उपलब्ध छन्। यो मूल्य निर्धारण संरचना, ग्राहकको आवश्यकताहरूमा गरिएको विस्तृत अनुसन्धानमा आधारित छ। यसमा विशेषगरी यात्रा गरिएको दूरीमा ध्यान गर्दै एम्पीयर-आवर (Ah) दरमा गणना गरिएको छ। प्रत्येक प्लानले प्रयोगकर्ताहरूको ऊर्जा आवश्यकताहरू पूरा गर्ने सुनिश्चितता प्रदान गर्दछ।

 गोगोरो ब्याट्री–स्वापिङ टेक्नोलोजी

विश्व बजारमा हलुका शहरी सवारी साधनहरूका लागि अग्रणी ब्याट्री स्वापिङ कम्पनीको रूपमा परिचित गोगोरोको इकोसिस्टमको केन्द्रमा एउटा खुला र इन्टरअपरेबल ब्याट्री स्वापिङ प्लेटफर्म रहेको छ। गोगोरो ब्याट्री स्वापिङ भनेको स्वापेबल ब्याट्री रिफ्युलिंगको नयाँ जेनेरेसन हो जसले स्मार्ट, सुरक्षित र, व्यवसाय र समुदायहरूका लागि गतिशील र बहुमुखी हुन आफूलाई निरन्तर अप्टिमाइज गर्दछ।

ताइवानमा गोगोरो नेटवर्कले ६,१०,००० भन्दा बढी सवारहरूलाई समर्थन गर्छ र २,५०० भन्दा बढी स्थानहरूमा १२,५०० ब्याट्री स्वापिङ स्टेशनहरूको नेटवर्क मार्फत् यसका १.४ मिलियन भन्दा बढी स्मार्ट ब्याट्रीहरू सर्कुलेशनमा छन्। ताइवानमा गोगोरोको ब्याट्री स्वापिङ स्टेशनहरू पेट्रोल स्टेशनहरू भन्दा बढी छन्। ४००,००० भन्दा बढी दैनिक ब्याट्री स्वाप र आजसम्म ६१५ मिलियन भन्दा बढी कुल ब्याट्री स्वापसँगै गोगोरो ब्याट्री स्वापिंगले सन् २०१५ मा सुरु भएदेखि दस लाख टन भन्दा बढी कार्बन डाइअक्साइड बचत गरेको छ।

ब्याट्री स्वापिङ एउटा इनोभेटिभ अवधारणा हो जसले चार्ज सकिएको ब्याट्रीसँग  फुल चार्ज भएको ब्याट्रीलाई तत्काल प्रतिस्थापन गर्दै प्रयोगकर्ताहरूलाई आफ्नो सवारी साधनको रेन्ज विस्तार गर्न छिटो र प्रभावकारी तरिका प्रदान गर्दछ। ब्याट्री स्वापिङ टेक्नोलोजीले दुई-पाङ्ग्रे ईभी अपनाउनका लागि विद्यमान वर्तमान अवरोधहरू समाधान गर्न मद्दत गर्छ र सुरक्षित, दिगो र स्केलेबल तरिकामा शहरी मोबाइल ऊर्जा मागहरूको सम्बोधन गर्दछ। गोगोरोको ब्याट्री स्वापिङले नेपालमा विद्युतीय दुईपाङ्ग्रे सवारी साधनको व्यापक प्रयोगसँग सम्बन्धित निम्नलिखित लगायत अन्य धेरै चिन्ताहरूलाई सम्बोधन गर्दछ:

–  स्वामित्वको कुल लागतमा कमी।
–  ब्याट्रीहरूको स्वामित्व आवश्यक पर्दैन।
–  ब्याट्री स्वापिंग आइसीइ सवारीसाधनहरू रि-फ्युल गर्नु भन्दा छिटो भएकोले यसले रेन्जको चिन्ता कम गर्न सघाउँछ।
–  चार्ज गर्ने समय हटाउँछ – केहि सेकेन्डमै स्वाप गर्न सक्ने भएकाले सेल्फ चार्जिङको आवश्यकता पर्दैन।

 गोगोरोको बारेमा

सन् २०११ मा शहरी ऊर्जा पुनर्विचार गर्न र विश्वलाई स्मार्ट र अधिक दिगो समाधान मार्फत्  शहरहरूलाई गतिशील बनाउन प्रेरित गर्ने उद्देश्यले स्थापना गरिएको गोगोरोले शहरी ऊर्जा वितरण र उपभोग गर्ने तरिका परिवर्तन गर्न इनोभेसनको शक्ति प्रयोग गर्छ। गोगोरो हालै फास्ट कम्पनीको “2024 World’s Most Innovative Companies” को सूचीमा एसिया-प्यासिफिकको सबैभन्दा इनोभेटिभ कम्पनीको रूपमा र विश्वव्यापी रूपमा ३७ औं  नम्बरमा परेको थियो। फ्रस्ट एण्ड सुलिभ्यानद्वारा “विद्युतीय दुई-पाङ्ग्रे सवारी साधनहरूको ब्याट्री स्वापिङका लागि २०२३ ग्लोबल कम्पनी अफ द इयर”को रूपमा मान्यता प्राप्त; र एमआईटी टेक्नोलोजी रिभिउमा सन् २०२३ का “फिफ्टीन क्लाइमेट टेक कम्पनीज टु वाच” मध्ये एकको रूपमा सुचिकृत गोगोरोको ब्याट्री स्व्यापिङ र गाडी प्लेटफर्महरूले शहरी गतिशीलतामा नयाँ दृष्टिकोण प्रदान गर्न स्मार्ट, प्रमाणित र दिगो दीर्घकालीन इकोसिस्टम प्रदान गर्दछ। सवारी साधनको डिजाइन र इलेक्ट्रिक प्रोपल्सन, स्मार्ट ब्याट्री डिजाइन, ब्याट्री स्व्यापिङ र ब्याट्री चार्जिङ र उपलब्धता व्यवस्थापन गर्न उन्नत क्लाउड सेवाहरूमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्ने इनोभेसनको अग्रणी बन्ने दिशामा गोगोरो द्रुत रूपमा अगाडि बढेको छ। चुनौती ठूलो छ तर यथास्थितिलाई भंग गर्ने, नयाँ मापदण्डहरू स्थापना गर्ने र सघन जनसंख्या भएका सहरहरूमा दिगो यातायात वृद्धिको नयाँ स्तर हासिल गर्ने अवसर अझ ठूलो छ। गोगोरो ताइवान, फिलिपिन्स, चीन, भारत, जापान, इन्डोनेसिया, कोरिया, इजरायल, सिंगापुर र नेपालमा सञ्चालनमा छ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ :  प्रधानमन्त्री बालेन
भन्सार दर वृद्धि गरेसँगै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान

ताजा

२०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल

के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने

भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.