निम्न माध्यमिक तहको अध्यापन लाइसेन्सका लागि दरखास्त आह्वान
जानकारी केन्द्र
२०८१, आश्विन, ४
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि दरखास्त आह्वान गरेको छ । सोमबार एक सूचना प्रकाशित गर्दै आयोगले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको छ ।
उम्मेदवारहरूले आयोगले तोकेको अनलाइन दरखास्त फाराम भरी आवश्यक सम्पूर्ण कागजात (नागरिकताको प्रमाणपत्र हालसालै खिचेको फोटो, दस्तखतको नमुना न्यूनतम योग्यताको लब्धाङ्क पत्र तथा तालिमको प्रमाणपत्र) सहित सिङ्गल दस्तुरका लागि असोज २९ गते रातको १२ बजेभित्र र दोबर दस्तुरका लागि मङ्सिर ६ गते रातको १२ बजेभित्र आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । सूचना तथा विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।

सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण

