मोदी र बाइडेनबीच भेटवार्ता
काठमाडौँ । अमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका छन् ।
मोदी- बाइडेन भेटमा अमेरिकाले अमेरिकामा रहेका भारतका २९७ बहुमूल्य पुरातात्विक वस्तुहरू भारतलाई हस्तान्तरण गर्ने भएको छ । यी वस्तु तस्करी र अन्य गैरकानूनी माध्यमबाट अमेरिका पुगेको बताइएको छ । यसका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकी सरकारलाई धन्यवाद दिएका छन् ।
यो जानकारी प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल अकाउन्ट एक्समा पोस्ट गरेका छन् । अमेरिकी राष्ट्रपतिसँगको तस्बिर सेयर गर्दै प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘सांस्कृतिक सम्बन्ध र सांस्कृतिक सम्पदाको अवैध तस्करीविरुद्धको लडाइलाई बलियो बनाइँदैछ । ‘भारतमा २९७ अमूल्य पुरातात्विक वस्तुहरू फिर्ता सुनिश्चित गरेकोमा म राष्ट्रपति बाइडेनप्रति धेरै आभारी छु ।’
यी प्राचीन वस्तुहरू ४००० वर्षसम्म पुराना छन् र २००० ईसा पूर्व देखि १९०० ईस्वी सम्म भारतका विभिन्न क्षेत्रहरूसँग सम्बन्धित छन् ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

