नेपालमा बनेको हुन्डाई भेन्यु इ को बिक्री वितरण सुरु
काठमाडौं । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेशनले भेन्यु इ भेरियन्टको उत्पादन पनि सुरु गरेको बताइएको छ। कर्पोरेशनले २०२४ मे बाट भेन्यु एस र एस एक्स उत्पादन सुरु गरेको थियो। लक्ष्मी मोटर कर्पोरेशन, नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी संस्था रहेको जनाएको छ ।
कम्पनीले नेपालमा हुन्डाई भेन्युको व्यवसायिक उत्पादन सुरु गरिए सँगै HYUNDAI NEPAL: MADE FOR YOUR JOURNEY क्याम्पेन पनि सुरु गरेको थियो। हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरु मार्फत बिक्री गरिसकेको जनाएको छ। हुन्डाई भेन्यु इ को प्रारम्भिक मूल्य सिमित अवधिको लागि ४०,९६,००० कायम गरिएको बताइएको छ। यद्यपि यसमा हाल चलिरहेको दसैँ तिहार लक्षित योजना र थप डिस्काउन्ट नहुने कम्पनीले जनाएको छ।
हाल नेपालमा उपलब्ध भेन्युका अरु भेरियन्टहरुको मूल्य भेन्यु (एस) १.२ को ४४,९६,००० र भेन्यु (एस एक्स) १.२ को मूल्य ५३,५६,००० कायम गरिएको छ l कम्पनीले मेड इन नेपाल हुन्डाई भेन्युमा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने कम्पनीले बताएको छ।
लक्ष्मी मोटर कर्पोरेशन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहश्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।
लक्ष्मी मोटर कर्पोरेशनले थप भेरिएन्ट तथा अरु मोडेलहरु पनि उत्पादन बढाउँदै जाने योजना रहेको कम्पनीले बताएको छ ।
सम्बन्धित समाचार
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
