नुवाकोटमा सीएफमोटो र जिहोको शोरुम विस्तार, काठमाडौंबाट राइडर पुगे नुवाकोटको साततले दरवार
काठमाडौं । सीएफमोटो तथा जिहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रडिङ कम्पनीले नुवाकोटमा डिलर विस्तार गरेको छ । नुवाकोटको लागि आधिकारिक डिलरको रुपमा भैरवी इन्भेस्टमेन्ट कम्पनीले शोरुम स्थापना गरेको बताइएको छ।
एक समारोहका बिच उक्त शोरुम विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले उद्घाटन गरे । सो अवसरमा नुवाकोटका राइडरलाई समेत विभिन्न नयाँ अनुभव प्रदान गर्नका लागि यी दुई ब्रान्डले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा नगर प्रमुख श्रेष्ठले गरे ।
यो भन्दा पहिले सीएफमोटो तथा जिहोको नक्सालस्थित शोरुमबाट १५ राइडरले आफ्नो राइड प्रारम्भ गरेर नुवकोटको बट्टार पुगेका थिए । उनीहरु नक्साल शोरुमबाट नुवाकोट र काठमाडौंको सिमाना शिवपुरी डाँडा हुँदै बट्टार पुगेका हुन् । उद्घाटन को अबसर पारेर भैरबी इन्भेस्टमेन्ट ले ५ थान स्कुटर ग्राहकलाई हस्तान्तरण समेत गरेको छ।
नेपाली बजारमा सिएफमोटो एनके २५० तथा हालै भित्रिएको एमटी ४५० मुख्य आकर्षणको रुपमा रहेका छन् । त्यसैगरी जिहो एई६ प्लस र एई८ मोडल उपलब्ध छन् ।
सम्बन्धित समाचार
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
