Jankari Kendra
१४ आश्विन २०८३, बुधबार
Worldlink

‘पूर्ण बहादुरको सारङ्गी’ ले बनायो नयाँ किर्तिमान एकै दिन पायो ४६५ भन्दा बढी शो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, कार्तिक, २५
‘पूर्ण बहादुरको सारङ्गी’ ले बनायो नयाँ किर्तिमान एकै दिन पायो ४६५ भन्दा बढी शो

काठमाडौँ । लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । प्रदर्शनको दुई दिन खासै दर्शकको साथ नपाएको यस फिल्मले कैयौं किर्तिमान बनाएको छ ।

फिल्मले शनिबार कुनै पनि नेपाली फिल्मले एकै दिन पाएको शो को नयाँ किर्तिमान बनाएको छ । फिल्म निर्माण कम्पनि सेभेन सिज सिनेमाका अनुसार फिल्मले देशभरका ९८ हलमा ४६५ भन्दा बढी शो पाएर नयाँ किर्तिमान बनाएको हो ।

यस अघि यस फिल्मले बिहीबार मात्र देशभरका ८९ हलमा ३८० भन्दा बढी शो पाएर किर्तिमान बनाएको थियो । यो किर्तिमान यसअघि यो रेकर्ड दशैको घटस्थापनाको दिन फिल्म ‘बेहुली फ्रम मेघौली’ को नाममा थियो, यस फिल्मले पहिलो दिन ३४० शो प्राप्त गरेको थियो ।

फिल्मले पहिलो सातामा ८ करोड २५ लाख ग्रस कमाई गरेको थियो भने त्यस यता हाउस फुलका साथ चलिरहेकाले फिल्मले बक्स अफिस कलेक्सनमा पनि नयाँ किर्तिमान बनाउने निश्चित रहेको छ ।

अहिले पनि फिल्मको टिकटको अभाव देखिएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ ले अहिले पनि दर्शकको व्यापक साथ पाइरहेका कारण आगामी साता रिलिज हुन लागेको फिल्म ‘केटी हराएको सूचना’ को रिलिज स्थगन गरिएको छ ।

Top Changing Nepal

युट्युब सट्स