फोटन माउन्टेन ईभी सार्वजनिक, एकैपटक १०० वटा डेलिभरी
काठमाडौं । फोटन नेपालले नेपालका लागि विशेष डिजाइन गरिएको आफ्नो उत्कृष्ट माउन्टेन ईभीको १०० वटा सवारीसाधनहरू एकैपटक डेलिभरी गर्दै नेपाली बजारमा लन्च गरेको बताइएको छ। नेपालको जटिल भौगोलिक आवश्यकताहरूलाई ध्यानमा राखेर निर्माण गरिएको यो ईभीमा ५३.५८ किलोवाट ब्याट्री समावेस गरेको छ, जसले पूर्ण चार्जमा ३०० किलोमिटरको सम्मको ड्राइभिङ्ग रेन्जको दिन्छ (एनडिइसी)। साथै, यसमा १३० किलोवाट अधिकतम पावर, ३३० अधिकतम टर्क, र २५५ ग्रेडेबिलिटी रहेको छ, जुन नेपाली बजारमा यस्ता विशेषताहरू भएको पहिलो विद्युतीय सवारी साधन बनेको कम्पनीले बताएको छ ।
एमएडब्लू वृद्धि समूहका निर्देशक विवेक सिकरिया भन्छन्, “आज हामी नेपाली बजारमा फोटन माउन्टेन ईभी भ्यान लन्च गर्न पाउँदा अत्यन्तै खुशी छौं –यो एक नवीनतम विद्युतीय सवारी साधन हो जसले नेपालको सवारी साधन क्षेत्रलाई नयाँ दिशामा लैजाने छ। नेपालका चुनौतीपूर्ण सडकहरूलाई मध्यनजर गर्दै माउन्टेन ईभी विशेष सुविधाहरूमा उपलब्ध रहेको छ ।”
एमएडब्लू वृद्धि समूहका सीईओ तुषार गुप्ता भन्छन्, “फोटन लगातार १९ वर्षसम्म चीनको शीर्ष ब्रान्डको रूपमा स्थापित रहेको, भारतमा सबैभन्दा धेरै ईभी बसको रुपमा बिक्री भएको, ९००,००० भन्दा बढी व्यवसायिक सवारी साधनहरूको रुपमा निर्यात र दक्षिण अमेरिकामा अग्र स्थानमा स्थापित भएको छ। माउन्टेन ईभी आफ्नो सेग्मेंटको एक उत्कृष्ट सवारीसाधन हो जुन नेपालका लागि निर्माण गरिएको हो ।”

माउन्टेन ईभी १४ देखि १६ सीट सम्मको विभिन्न मोडलहरूमा उपलब्ध छ, जसमा अत्यधिक स्पेस र आरामदायी हाई रुफको सुविधा छ। यसमा रहेका विभिन्न सुविधाहरू समावेश छन्:
● अटो होल्ड कन्ट्रोल
● स्मार्ट पार्किङ सहयोग
● हिल होल्ड कन्ट्रोल (एचएचसी)
● दुईवटा ड्राइभिङ मोड
● आर१६ ड्यूरेबल टायरहरू
नेपाली बजारमा फोटनको ब्रान्ड मूल्य ३१.४ अर्ब रहेको छ र विद्युतीय र व्यवसायिक सवारी साधन विकासमा गहिरो विशेषज्ञता रहेको छ। यसले नेपालका लागि एक स्वच्छ र दिगो भविष्य निर्माणमा ठूलो योगदान पुर्याउनेछ।
एमएडब्ल्यू वृद्धि बारे
फोटन नेपाल, एमएडब्लू वृद्धि समूहको सञ्चालनमा रहेको छ, जसले सन् २०१४ देखि नेपालभर विभिन्न अन्तर्राष्ट्रिय सवारी साधन ब्रान्डहरूको प्रतिनिधित्व गर्दै आएको छ। व्यवसायिक र विद्युतीय सवारी साधनमा विशेषज्ञता भएको एमएडब्लू वृद्धिले उच्च स्तरको सर्भिस, स्पेयर पार्ट्सको सहज उपलब्धता र रिलाएबल स्टकको सुनिश्चितता गर्छ, जसले फोटन, सोकन, सेरेस, नामी र चाङ्गन जस्ता ब्रान्डहरूको प्रतिनिधित्व गर्छ।
सम्बन्धित समाचार
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
