इन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण खरानीको बादल, कैयौं उडान रद्ध
जानकारी केन्द्र
२०८१, कार्तिक, २८
काठमाडौँ । इन्डोनेसियाको हलिडे आइल्याण्ड नजिकै भएको ज्वालामुखी विस्फोटले वरपरका क्षेत्रमा खतरनाक खरानीको बादल मडारिएको छ । जसका कारण धेरै एयरलाइन्सले अष्ट्रेलिया र इन्डोनेसियाको बाली बीचको उडान रद्द गरेका छन् ।
क्वान्टास, जेटस्टार र भर्जिन अस्ट्रेलियाले बुधबार लुटौबी लाकी-लाकी हिमालको खरानी उडानका लागि सुरक्षित नभएको बताएको छ । जेटस्टारले अष्ट्रेलियाको समय अनुसार दिउँसो १२ बजेसम्म बाली जाने र आउने सबै उडान रद्द गरेको जनाएको छ । त्यस्तै भर्जिन अष्ट्रेलियाले बुधबार बाली जाने र आउने सबै उडान रद्द गर्ने जनाएको छ।
यो ज्वालामुखी विष्फोटका कारण आकाशमा ९ किलोमिटर उचाइमा खरानी फैलिएको छ । अघिल्लो साता भएको ठूलो विस्फोटमा १० जनाको मृत्यु भएको थियो ।अष्ट्रेलियाको मौसम विभागले पनि ज्वालामुखीको खरानी देशको उत्तरी क्षेत्रमा पुग्न सक्ने चेतावनी दिएको छ ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

