इन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण खरानीको बादल, कैयौं उडान रद्ध
जानकारी केन्द्र
२०८१, कार्तिक, २८
काठमाडौँ । इन्डोनेसियाको हलिडे आइल्याण्ड नजिकै भएको ज्वालामुखी विस्फोटले वरपरका क्षेत्रमा खतरनाक खरानीको बादल मडारिएको छ । जसका कारण धेरै एयरलाइन्सले अष्ट्रेलिया र इन्डोनेसियाको बाली बीचको उडान रद्द गरेका छन् ।
क्वान्टास, जेटस्टार र भर्जिन अस्ट्रेलियाले बुधबार लुटौबी लाकी-लाकी हिमालको खरानी उडानका लागि सुरक्षित नभएको बताएको छ । जेटस्टारले अष्ट्रेलियाको समय अनुसार दिउँसो १२ बजेसम्म बाली जाने र आउने सबै उडान रद्द गरेको जनाएको छ । त्यस्तै भर्जिन अष्ट्रेलियाले बुधबार बाली जाने र आउने सबै उडान रद्द गर्ने जनाएको छ।
यो ज्वालामुखी विष्फोटका कारण आकाशमा ९ किलोमिटर उचाइमा खरानी फैलिएको छ । अघिल्लो साता भएको ठूलो विस्फोटमा १० जनाको मृत्यु भएको थियो ।अष्ट्रेलियाको मौसम विभागले पनि ज्वालामुखीको खरानी देशको उत्तरी क्षेत्रमा पुग्न सक्ने चेतावनी दिएको छ ।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
