यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ । देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। मध्य तराई भु-भागका थोरै स्थानहरुमा हल्का हुस्सु/कुहिरो लागेको अवस्था छ ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
आगामी २४ घण्टा तराईका क्षेत्रमा बिहानीपख र राती बाक्लो हुस्सु र कुहिरोको संभावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।
सम्बन्धित समाचार
आज धेरै ठाउँमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
देशका धेरै ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने
नुवाकोट–रसुवाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

