बीवाईडी एट्टो ३ २०२४ मिडिया टेस्ट ड्राइभ : “बीवाईडी ड्राइभ टु डिस्कभर”
काठमाडौँ । नेपालको दिगो यातायाततर्फको यात्रामा एक महत्वपूर्ण कदम चाल्दै, बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साईमेक्स इन्कले हालै लन्च भएको बीवाईडी एट्टो ३ २०२४ भर्सनका लागि विशेष मिडिया टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको थियो । “बीवाईडी ड्राइभ टु डिस्कभर” नाम दिइएको यो कार्यक्रमले मिडिया प्रतिनिधिहरूलाई नेपालको विभिन्न भूभागमा ड्राइभ गर्दै नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूवीको विशेष क्षमता अनुभव गराएको छ ।
काठमाडौँको नक्सालस्थित बीवाईडी शोरूममा आयोजना गरिएको यस कार्यक्रममा मिडिया प्रतिनिधि र अटोमोबाइलप्रेमीहरूको उत्साही सहभागिता रहेको थियोे। सहभागीहरूले बीवाईडी एट्टो ३ २०२४ को पर्फर्मेन्स, आरामदायी यात्रा, र नयाँ प्रविधिलाई प्रत्यक्ष अनुभव गर्ने मौका पाउनुका साथै काठमाडौँका ब्यस्त सडकदेखि शिवपुरी भिलेज रिसोर्टको सुन्दर र शान्त ठाउँसम्मको यात्रा पूरा गरेका थिए ।
बीवाईडी ड्राइभ टु डिस्कभरको रुट, गाडीको बहुउपयोगी क्षमताहरू देखाउन डिजाइन गरिएको थियो, जसमा सहरका सडक, उकालो, र अफ–रोड बाटाहरू समावेश थिए। यात्रा बीवाईडी शोरूमबाट सुरू भएर भाटभटेनी, गैरीधारा, उत्तरढोका, लाजिम्पाट, महाराजगन्ज, हात्तीगौँडा, टोखा रोड, र शिवपुरी हाइवे हुँदै सुन्दर शिवपुरी संरक्षण क्षेत्रबाट शिवपुरी भिलेज रिसोर्टसम्म पुगेको थियो। शहरको बाटो, उकालो, र दुर्गम भूभागको यो मिश्रणले मिडिया प्रतिनिधिहरूलाई बीवाईडी एट्टो ३ को अत्याधुनिक ड्राइभिङ फिचरहरू र मजबुत निर्माणको परीक्षण गर्न मौका दिएको बताइएको छ ।
बीवाईडी एट्टो ३ को मुख्य विशेषता दिगो र नयाँ प्रविधिमा आधारित इन्जिनियरिङ हो। यो एसयूवीमा बीवाईडीको क्रान्तिकारी ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ, जसले ब्याट्रीको सुरक्षा, आयु र प्रदर्शनलाई सुधार गर्छ। बीवाईडीको डिजाइन दर्शन अनुसार, एट्टो ३ २०२४ संस्करणमा आधुनिक र आकर्षक देखिने ड्रागन फेस ३.० बाहिरी डिजाइनमा समावेश छ। गाडीभित्र ड्राइभर र यात्रुको अनुभवलाई अझ राम्रो बनाउनको लागि आरामदायी र स्टाइलिश इन्टेरियर प्रदान गरिएको छ। यो मोडेलले नेपालको ईभी प्रविधिमा नयाँ मानक भई देशको विभिन्न सडक अवस्था र साहसिक भावना पूरा गर्न सक्षम भएको कम्पनीले बताएको छ ।
“बीवाईडी एट्टो ३ २०२४ ले केवल बीवाईडीको नवीनताप्रतिको प्रतिबद्धता मात्र होइन, नेपालको हाम्रा ग्राहकहरूका लागि ईभी अनुभव सुधार गर्ने हाम्रो प्रतिबद्धता पनि झल्काउँछ। बीवाईडी एट्टो ३ को उत्कृष्ट सुरक्षा, प्रदर्शन, र वातावरणमैत्री दक्षताले यसलाई ईभी बजारको अगुवा र हरित नेपालको हाम्रो दृष्टिको महत्वपूर्ण हिस्सा बनाएको छ,” साईमेक्स इन्कका नेशनल सेल्स हेड अशुतोष गौतमको भनाई रहेको थियो ।
कार्यक्रमले नेपालको ईभी पूर्वाधारलाई सुदृढ गर्न साईमेक्स इन्कले गरिरहेका प्रयासहरूलाई पनि उजागर गर्नुका साथै यो पहलको हिस्साको रूपमा, साईमेक्स इन्कले ४३ भन्दा बढी फास्ट चार्जिङ नेटवर्क संगै चाँडै नै देशभर १०० भन्दा बढी चार्जिङ स्टेशन पु¥याउने एबं जसले ग्राहकहरूलाई भरपर्दो र सहज चार्जिङ विकल्पहरू उपलब्ध गराउने कम्पनीको दाबि रहेको छ ।
बीवाईडी एट्टो ३ २०२४ को सुरुवातसँगै, बीवाईडी र साईमेक्स इन्कले नेपालमा दिगो अटोमोबाइल क्षेत्रतर्फको परिवर्तनलाई अघि बढाइरहेका छन् । यी गाडीहरूले नेपालको हरित यातायात लक्ष्य पूरा गर्न र वातावरणप्रेमी ग्राहकहरूको बढ्दो अपेक्षा पूरा गर्न सहयोग पु¥याउनुका साथै “बीवाईडी ड्राइभ टु डिस्कभर” टेस्ट ड्राइभ कार्यक्रमले नेपाललाई सफा र नयाँ प्रविधिसहितको भविष्यको खोजी गर्न आमन्त्रण गरेको बताइएको छ ।
सम्बन्धित समाचार
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
