अल्लु अर्जुनको फिल्म ‘पुष्पा २: द रुल’ को ट्रेलर सार्बजनिक
काठमाडौँ । यस बर्षको बहुप्रतिक्षित अल्लु अर्जुनको फिल्म ‘पुष्पा २: द रुल’ को ट्रेलर सार्बजनिक भएको छ । निर्माण पक्षले आइतबार भारतको विहारको पटनामा विशेष कार्यक्रम आयोजना गरेर फिल्मको ट्रेलर सार्बजनिक गरको हो । ट्रेलर लन्च कार्यक्रममा फिल्मका प्रमुख कलाकार अल्लु अर्जुन र रश्मिका मन्डन्ना पटना पुगेका थिए ।
डिसेम्बर ५ मा हलमा रिलिज हुने तयारीमा रहेको यो फिल्मले रिलिज हुनुअघि नै उत्कृष्ट प्रि-कलेक्शन रेकर्ड बनाएको छ । मिडिया रिपोर्टका अनुसार फिल्मले रिलिजअघि नै ९ सय करोड कमाइसकेको छ ।
निर्माताले ‘पुष्पा २: द रुल’को डिजिटल र स्याटेलाइट राइट बेचेर ९ सय करोड कमाई गरिसकेको टाइम्स अफ इण्डियाले उल्लेख गरको छ । ५०० करोडको लागतमा बनेको ‘पुष्पा २: द रुल’ को थियट्रीकल राइट साढे ६ सय करोडमा बेचिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
फिल्ममा अल्लु अर्जुन अवतारलाई फ्यानहरुले निकै रुचाएका छन् । फिल्मलाई सुकुमारले निर्देशन गरेका हुन् भने फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्डन्ना, फहद फासिल, धनन्जय, राव रमेश, सुनील, अनसूया भारद्वाज, अजय घोष लगायतका कलाकारको भूमिका रहेको छ । फिल्म ‘पुष्पाः द राइज’को पहिलो भागले निकै सफलता पाएको थियो । अभिनेता अल्लु अर्जुन र फिल्मका संगीतकार देवी श्री प्रसादले यस फिल्मबाट नेशनल अवार्ड समेत पाएका थिए ।
फिल्म ५ डिसेम्बर, २०२४ मा तेलुगु, हिन्दी, तमिल, कन्नड, बंगाली र मलयालम भाषाहरूमा रिलिज हुने तयारीमा छ ।
ट्रेलरको लिंक- https://www.youtube.com/watch?v=1kVK0MZlbI4&feature=youtu.be
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

