Jankari Kendra
१४ आश्विन २०८३, बुधबार
Worldlink

तीन दिनमा फिल्म ‘ह्रस्व दीर्घ’ ले कति कमायो ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, ४
तीन दिनमा फिल्म ‘ह्रस्व दीर्घ’ ले कति कमायो ?

काठमाडौँ । नेपाली र दक्षिण भारतीय कलाकारहरुले अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ ले तीन दिनमा सुखद कमाई गरेको छ । बक्स अफिसमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को दबदबा कायम रहेकै बेला फिल्म ‘ह्रस्व दीर्घ’ ले तीन दिनमा २ करोड ७५ लाख कमाई गरको निर्माण पक्षले जानकारी दिएको हो ।

फिल्मले शुक्रबार ८० लाख कमाई गरको थियो भने शनिबार एक करोड २० लाख कमाई गरेको बताइएको छ ।  त्यस्तै आइतबार फिल्मले ७५ लाख ग्रस कमाई गरेको छ ।

फिल्मप्रति दर्शकलाई थप आकर्षित गर्न निर्माण टिमले मुख्य कलाकार प्रदीप रावत (गजनी भिलेन) लाई काठमाडौं बोलाएको छ । उनी नेपाल आएर हलमा दर्शकहरुसँग अन्तरक्रिया शुरु गरेका छन् । फिल्ममा उनी नीताको बुबाको भूमिकामा छन् । उनी एक साता नेपाल रहने र हलमा पुगेर दर्शकसँग भेट गर्ने कार्यक्रम रहेको निर्माण पक्षले जानकारी दिएको छ ।

चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु विपना थापा, नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लइँटेल, आदर्श मिश्र लगायतको अभिनय छ । यस फिल्मको निर्माण लागत ६ करोड रहेकोले नाफा जान भने अझै आक्रामक व्यापार गर्नुपर्ने चुनौती रहेको छ ।

Top Changing Nepal

युट्युब सट्स