विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा
काठमाडौँ । विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा रहेको छ। आगामी नोभेम्बर २६ अर्थात मंसिर ११ गते सो ब्रान्डका एसेसरिज औपचारिक रुपमा नेपाली बजारमा उपलब्ध भएको घोषणा गरिने छ । नेपालको प्रमुख इलेक्ट्रोनिक्स तथा ग्याजेट मार्केट प्लेस मोबाइलमान्डुले ब्ल्याक शार्क गेमिङ एसेसरिजको विशेष लन्च गर्ने योजना बनाएको छ ।
आगामी नोभेम्बर २६ देखि डिसेम्बर २ अर्थात मंसिर ११ देखि १७ गते सम्म गेमिङ र हेल्थ तथा प्रविधिमा चासो राख्ने ग्राहकले सो ब्रान्डका उच्च गुणस्तरीय स्मार्टवाच र इयरबडको वारेमा जानकारी लिन र प्रयोग गर्न सक्ने छन्। दराज र मोबाइलमान्डुको प्ल्याटफर्मबाट यी सामग्री खरिद गर्न सकिने छ ।
ब्ल्याक शार्कको नेपाली बजारमा औपचारिक लन्चको अवसरमा सीमित समयका लागि आकर्षक छुट र अन्य विभिन्न अफर समेत उपलब्ध गराइने छ। प्रिमियम एसेसरिजलाई अझ सबैको पहुँचयोग्य बनाउनका लागि सीमित समयका लागि ५० प्रतिशत छुट अफर उपलब्ध हुनेछ ।
त्यसैगरी पहिलो ५० ग्राहकले जीटी३ नियो स्मार्टवाच र टी९ इयरबडमा विशेष छुट प्राप्त गर्नेछन्। यी वाहेक शुरुमै एसेसरिज किन्ने ग्राहकलाई ग्याजेटको अनुभव मज्जाले लिन र ब्रान्ड भ्याल्यु बुझाउन सहजताका लागि स्पेसल गिफ्ट ह्याम्पर समेत प्रदान गरिने छ ।
सहभागीहरुमा उत्साह प्रदान गर्न र पुरस्कृत गर्नका लागि एक ग्रान्ड गिभअवे कार्यक्रम गरिने छ र यसमा विभिन्न भाग्यशाली ग्राहकलाई ५० हजार रुपैयाँ मूल्यको ब्ल्याक शार्क प्रोडक्ट उपलब्ध गराइने छ । मोबाइलमान्डुले हाल पहिलो चरणमा विभिन्न मोडलका स्मार्टवाच र इयरबड बिक्रीका लागि उपलब्ध गराउने छ ।
७ देखि २१ दिन सम्मको ब्याट्री लाइफ भएका यी स्मार्टवाच गेमिङमा प्रयोग गर्न सकिन्छ। यो वाहेक स्पोर्ट्स र हेल्थ चेकअपका लागि समेत विशेष उपयोगी हुनेछन्। त्यसैगरी इयरबडको ब्याट्री लाइफ ४० घण्टा सम्म रहेको छ। मोबाइलमान्डु र दराजको सोसल मिडिया प्ल्याटफर्मबाट यी सामग्री खरिद गर्न सकिने छ ।
हाई पर्फमेन्स गेमिङ एक्सपेरियन्स प्रदान गर्नका लागि ब्ल्याक शार्कले विभिन्न डिभाइस, एसेसरिज र सफ्टवेयर उत्पादन गर्दै आएको छ। सन् २०१७ मा विश्व प्रसिद्ध स्मार्टफोन निर्माता कम्पनी शाओमीको सहायक कम्पनीको रुपमा स्थापना भएको भए तापनि हाल यो कम्पनी स्वतन्त्र रुपमा क्रियाशील छ। ब्ल्याक शार्कका उत्पादन विश्वमै लोकप्रिय मानिन्छ ।
सम्बन्धित समाचार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
