विराटनगर किंग्सले एनपीएलको उपाधि जिते ३० लाख दिने कोशीका मुख्यमन्त्री कार्कीको घोषणा
काठमाडौं । कोशी प्रदेश सरकारले विराटनगर किंग्सले नेपाल प्रिमियर लिगको उपाधि जितेमा ३० लाख पुरस्कार दिने घोषणा गरेको छ ।
मंगलबार एनपीएल खेल्न जान लागेको विराटनगरको टिमलाई बिदाई गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरले उपाधि जितेमा टिमलाई प्रदेश सरकारको तर्फबाट एकमुष्ट ३० लाख दिने घोषणा गरेका हुन्।
बिदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताउँदै क्रिकेटबाट राष्ट्रिय मात्र हैन, अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिने उल्लेख गरे । “खेलकुद क्षेत्रमा प्रदेश सरकारको स्रोतसाधनले भ्याएसम्म सहयोग गर्न सरकार तयार छ,” मुख्यमन्त्री कार्कीले भने, “आगामी दिनमा खेलकुदको विकासका लागि थप योजनाहरू अघि सारिनेछ ।”
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर आज एनपीएल खेल्न काठमाडौं आइपुगेको छ । मंसिर १५ गतेबाट सुरु हुने एनपीएलमा ८ टिमको सहभागीता रहनेछ ।
सम्बन्धित समाचार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
