नेपाल एनसेलले ल्यायो क्रिकेट लिग हेर्नका लागि आकर्षक एनपीएल प्याक
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) आजबाट सुरू हुँदैछ। एनपीएलका खेलहरूलाई अझ रोमाञ्चक बनाउनका लागि, एनसेलले सँधै अन, डाटा र भ्वाइसमा तीन ओटा आकर्षक एनपीएल फ्यान प्याकहरु सार्वजनिक गरेको छ । ग्राहकहरूले अनलिमिटेड यूट्युब र अनलिमिटेड डेटाका साथ एनपीएल भरी अनलाइनमार्फत खेलको मजा लिन सक्नेछन् ।
ग्राहकका लागि अनलिमिटेड भ्वाइस अफर पनि उपलब्ध रहेको छ । प्याक लिने ग्राहकले एनपीएलका खेलहरू प्रत्यक्ष मैदानमा नै हेर्न टिकटलगायत अन्य आकर्षक उपहार जित्नसक्नेछन् । एनसेलले रु. ३९९ देखि रु. १४९९ सम्मका सधैं अन प्याक, रु. ५० देखि रु. ९९९ सम्मका अनलिमिटेड डेटा प्याक र रु. १४९ तथा रु. ४९९ मा उपलब्ध अनलिमिटेड भ्वाइस प्याक ल्याएको छ । यी प्याक खरिद गर्ने ग्राहकले युट्युबमा अनलिमिटेड पहुँचका साथ एनपीएलका खेलहरू कुनै पनि बेला सजिलै हेर्न सक्ने कम्पनीले बताएको छ ।
यी प्याकहरू किनेपछि ग्राहकहरूले एसएमएस मार्फत एनसेल एपमा रहेको ‘स्पिन द ह्वील’मा जाने लिंक प्राप्त गर्छन् । एपमा गई ह्वील घुमाउँदा ग्राहकहरूले एनपीएल खेलको टिकट, १ जीबी डेटा, रु. ५० क्यासब्याक (१ दिनको समयसिमा), रु. १०० क्यासब्याक (१ दिनको समयसिमा), वा १०० अन–नेट एसएमएस (१ दिनका समयसिमा( पाउन सक्ने कम्पनीले जनाएको छ। त्यस्तै एनसेल फाउन्डेसनले हरेक चौकामा ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने योजना पनि ल्याएको छ ।
सम्बन्धित समाचार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
