काठमाडौं । भिभो एस सेरिस स्मार्ट फोन चीनमा सार्वजनिक भएको छ । भिभोले डिजाइन र अपर-मिडरेन्ज स्पेसिफिकेशनहरूमा फोकस गर्दै चीनमा आफ्नो एस २० सेरिस स्मार्टफोन सार्वजनिक गरेको छ। भिभोका दुई मोडेलहरू रहेका छन् : भिभो एस २० र भिभो एस २० प्रो ,दुवै डिभाइसमा फिचर समान डिस्प्ले रहेको छ भने पफरमेन्स ,क्यामरा र ब्याट्री क्यापसिटी फरक-फरक रहेको छ ।
भिभो एस २० र भिभो एस २० प्रो दुवै मोबाइलमा स्क्रिन ६.६७ इन्च रहेको छ भने फुल एचडी रेजोल्युसन र १२० हर्ज रिफ्रेस दर रहेको छ । भिभो एस २० मा फ्ल्याट डिस्प्ले छ भने भिभो एस २० प्रो ले प्रिमियम लुकको लागि कड क्रुभ्र्ड डिजाइन फिचर रहेको छ । पिक ब्राइटनेस ४५०० निट्स पुग्न सक्छ। यो भिभो २० फोन पावररेट वाइ क्वालकम स्न्यापड्रागन ७ जेन ३ चिपसेट छ ,भिभो एस २० प्रो ले मिडिया टेक डिमेनसिटी ९३०० प्लस सोसाइडी प्रयोग गर्दछ। एस २० प्रो मा वाइफाइ ७ र ५.५ जी स्र्पोट गर्दछ ।
उक्त्त दुवै मोडेलमा अटोफोकस सहितको ५० एमपी फ्रन्ट क्यामेरा,पछाडि भिभो एस २० मा ५० एम्पी मेन क्यामरा ,८एमपी अल्ट्रावाइड लेन्स, र भिभोको ओरा सर्कुलर एलईडी लाइट रहेको छ। तुलनात्मक रुपमा एस २० प्रो मा ओआइएस ५० एम्पी मेन शूटर, ३ यक्स पेरिस्कोप जुम लेन्स, र ५०एम्पी अल्ट्रावाइड सेन्सर रहेको छ ।
भिभो एस २० मा ८० बाटको फास्ट चार्जिगं र ६५०० मेगाहर्जको ब्याट्री पाउन सकिन्छ भने भिभो एस २० प्रो मा ९० बाटको फास्ट चार्जिगं र ५५०० मेगाहर्जको ब्याट्री पाउन सकिन्छ । दुबै स्मार्टफोन एन्ड्रोइड १५ ओरजिनल मा चल्छन्। उक्त्त भिभो एस २० स्मार्टफोन फिनिक्स फेदर गोल्ड,जेड ड्यू ह्वाईट, पाइन स्मोक इन्क कलर मा उपलब्ध रहेको छ भने भिभो एस २० प्रो फिनिक्स फेदर गोल्ड, पर्पल एयर र पाइन स्मोक इन्क कलरमा उपलब्ध रहेको छ ।