दिगो गतिशीलतामा उत्कृष्ट योगदानका लागि एमएडब्लू ग्रुप फोटोन ग्लोबल अवार्ड्स २०२४ मा सम्मानित
काठमाडौं । विद्युतीय सवारी साधन (ईभी) को क्षेत्रमा नेतृत्व र बिक्री कार्यसम्पादनका लागि एमएडब्लू ग्रुपले प्रतिष्ठित फोटोन ग्लोबल अवार्ड २०२४ मा दुईवटा महत्वपूर्ण सम्मान प्राप्त गर्दै विश्वव्यापी मञ्चमा आफ्नो मान्यता स्थापित गरेको छ। अवार्ड कार्यक्रममा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक श्री विष्णु कुमार अग्रवाललाई लिडरशिप इन न्यु इनर्जी प्रोमोसन अवार्ड २०२४ प्रदान गरिएको छ। नेपालमा फोटोन ईभी सवारी साधनहरू अपनाउदै दिगो ऊर्जा समाधानतर्फ राष्ट्रको यात्रामा अग्रणी भूमिका निर्वाह गर्ने एमएडब्लू वृद्धी कमर्शियलको महत्त्वपूर्ण भूमिकालाई सम्मान गर्दछ।
ग्रुपलाई थप पहिचान दिलाउने क्रममा एमएडब्लू वृद्धी कमर्शियलका सीईओ तुषार गुप्ताले नेपालमा ईभी भ्यानका लागि एक्सेलेन्स इन सेल्स अवार्ड २०२४ प्राप्त गरे। यस उपलब्धिले एमएडब्लू ग्रुपको अतुलनीय बिक्री सफलता र यस क्षेत्रमा ईभी बजारलाई पुन: परिभाषित गर्ने नवीन रणनीतिहरूलाई प्रकाश पार्दछ। अवार्डहरू फोटोन ग्रुपका उपाध्यक्ष र फोटोन ओभरसिज बिजनेसका अध्यक्ष फू जुन स्वयमले प्रदान गरेका थिए। प्रतिष्ठित व्यक्तित्वबाट प्राप्त यो मान्यताले एमएडब्लू ग्रुपको ईभी उद्योगमा विश्वव्यापी प्रभावलाई जोड दिन्छ।
यी अवार्डहरूले नेपालमा ‘इनर्जी(इफिसियन्ट’ गतिशीलतालाई अगाडि बढाउन एमएडब्लू ग्रुपको अटल समर्पणलाई पुन: पुष्टि गर्दछ। दिगोपनका लागि विद्युतीय सवारीसाधनलाई विस्तार गरेर समूहले राष्ट्रको अटोमोटिभ उद्योगमा नयाँ मानकहरू स्थापित गरेको छ। फोटोन ग्लोबलले दिगो ऊर्जा र गतिशीलतामा एमएडब्लू ग्रुपको परिवर्तनकारी योगदानलाई स्वीकार गरेको छ। यी मान्यताहरूले ईभी क्षेत्रमा ट्रेन्डसेटरको रूपमा समूहको प्रभाव र हरित भविष्यलाई आकार दिने प्रतिबद्धतालाई समेत जोड दिने बताइएको छ ।
सम्बन्धित समाचार
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
