के तपाई तौल घटाउने सोचमा हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
काठमाडौँ । के तपाइ धेरै मोटाएर चिन्तामा त हुनुहुन्न? धेरै मोटाएको कसलाई पो मन पर्छ र ! धेरै मोटाएर शरीर भद्दा हुँदै जाँदा मानिसमा चिन्ता पनि बढ्न सक्छ । मोटाइसकेपछि कसरी तौल घटाउने भन्ने चिन्तामा मानिसहरू अनेकौं प्रयास गरिरहेका हुन्छन् । आफ्नो डाइटमा परिवर्तन गर्छन्, जिम जान्छन् तर पनि सोचे अनुसार तौल घटाउन सक्दैन्न ।
तपाईंलाई आफ्नो वजन कम गर्नुछ भने सबैभन्दा पहिला तपाईंले आफ्नो खानपान शैलीलाई बदल्न आवश्यक हुन्छ । आफ्नो डाइटमा यी खानेकुरालाई समावेश गरी हेर्नुहोस्, नतिजा पक्कै पनि सकारात्मक पाउनुहुनेछ । दैनिक आफ्नो शरीरलाई कुनै न कुनै किसिमले गतिशिल र सक्रिय राख्नुहोस् । दैनिक व्यायाम गर्नुहोस् । मैदा वा मैदाजन्य खानेकुरा नखानुहोस् । बेलुकाको समयमा सकेसम्म भात वा धेरै क्यालोरी भएका खानेकुरा नखानुहोस्। बिहान उठ्ने बित्तिकै हल्का मनतातो पानीमा कागती र मह मिसाएर पीउनाले तौल कम गर्न मद्दत गदर्छ।
गेडागुडी
आफ्नो डाइटमा गेडागुडीको प्रयोग जरुर गर्नुहोस् । गेडागुडीमा प्रोटिन र फाइबर धेरै पाइन्छ । गेडागुडी खाइरहँदा क्यान्सर र हृदयघातजस्ता समस्याबाट समेत मुक्ति पाउन मद्दत मिल्छ । मधुमेह र मोटोपनलाई पनि यसले कम गर्छ । भोकलाई शान्त गर्न तपाईं गेडागुडीको प्रयोग गर्न सक्नुहुन्छ ।
अण्डा
वजन घटाउनका लागि अण्डा एक सम्पूर्ण इडेबल खाना मानिन्छ । अण्डामा कोलीन पाइन्छ, जसले हाम्रो शरीरमा बोसोलाई कन्ट्रोल गर्छ । अण्डामा एन्टीअक्सिडेन्ट क्यारिटोनाइड अब्जर्भ गर्ने क्षमता हुन्छ । यस्तो क्षमता ब्रोकाउली, गाँजर, जस्ता खाद्य पदार्थमा पाइन्छ ।
जामुन
जामुनले तपाईंको बोसोलाई कम गरिदिन्छ । अनि वजन कम गर्न मद्दत गर्छ । जामुनमा पानी र फाइबर प्रचुर मात्रामा हुन्छ । यसले तपाईंको भोकलाई कम गरिदिन्छ । तपाईं यसलाई ग्रिल्ड चिकन र प्याजसँग खान सक्नुहुन्छ ।
भेडे खुर्सानी
भेडे खुर्सानीमा हाइड्रो क्याप सीएट र भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । हरियो रङको भेडे खुर्सानीले मेटाबलिज्मलाई बढाउँछ । पेटको अतिरिक्त बोसोलाई पनि कम गरिदिन्छ । भेडे खुर्सानी खाँदा स्ट्रेस हारमोन्स पनि नियन्त्रित रहन्छ । तपाईं भेडे खुर्सानीलाई एभोकाडो ब्ल्याक बिन्स प्यास सिरकासँग खाना सक्नुहुन्छ ।
सम्बन्धित समाचार
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

