अत्याधुनिक लञ्च कार्यक्रम संगै एक्सपेंग मोटर्स अब पोखरामा
काठमाडौं । नेपाली विद्युतीय सवारी साधनको वितरक सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेंगको पोखरामा भव्य रुपमा लञ्च गरेको छ । सीजी मोटर्सले अटोवेज प्रा.लि.लाई पोखरा क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा औपचारिक रूपमा घोषणा गरेको छ।
अटोवेजका अध्यक्ष नारायण प्रसाद पौडेलले कार्यक्रममा आफ्नो प्रमुख मन्तव्य व्यक्त गर्दै मिडियालाई एक्स्पेङ ब्रान्डको परिचय गराएका थिए । साथै,सीजी मोटर्सका सीईओरनिर्देशक हेमन्त अग्रवालले कार्यक्रमको क्रममा सीजी मोटर्सका उपलब्धिहरू र अटोवेजसँगको सहकार्यको चर्चा गर्नुका साथै भविष्यका योजनाहरू प्रस्तुत गरेका थिए। उद्घाटनका क्रममा,अटोवेज प्रा.लि. ले पहिलो चरणका ग्राहकलाई ५ वटा जी६ एसयुभी पनि हस्तान्तरण गरेको छ।
यस लञ्च कार्यक्रममा एक्सपेंगको नयाँ जी६ मोडल प्रस्तुत गरिएको थियो, जसले स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएको छ। जी६ ले विश्वकै उच्च सुरक्षा परीक्षण इ-एनक्याप मा ५-स्टार रेटिङ प्राप्त गरेको छ। यसले स्वचालित ड्राइभिङ प्रविधि, एसइपिए २.० संरचना, नियमित ओटिए अपडेटहरू,यक्सओएस अपरेटिङ सिस्टम, र ८०० भोल्ट सुपर-फास्ट चार्जिङ सुविधा प्रदान गर्दछ। जी६ को मोटर पावर १९० किलोबाट र टर्क ४४० एनएम छ, जसले ६६ किलोबाट ब्याट्री प्याकसहित ४३५ किलोमिटरको रेन्ज दिन्छ। यसका थप विशेषताहरूमा अगाडिको र पछाडिको एक्सलमा ५०:५० तौल वितरण, समग्र स्पोर्टी प्रदर्शनका लागि एल्युमिनियम डाइ-कास्ट बडी,र ९-आयामीय ब्याट्री सुरक्षासहितको संरचना सामेल छन्, जसले जी६ लाई विशिष्ट बनाउँछ।
सीजी मोटर्सले हालसालै ग्राहक सेवालाई थप प्रार्थमिकता दिँदै बागडोल, काठमाडौंमा आफ्नो अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ साथै सीजी मोटर्सले २४/७ सडक सहायताका लागि हटलाइन नम्बर +९७७ ९७०७०९४२०७ मार्फत प्रदान गरिने सीजी केयर्स सेवा पनि प्रस्तुत गरेको छ। पोखराका ग्राहकहरूले पनि यो सीजी केयर सुविधाबाट लाभ लिन सक्ने बताइएको छ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
