नेपाली सडकमा फेरि देखा पर्यो इकुटर इलेक्ट्रिक स्कुटर
काठमाडौँ । केहि वर्षअघि नेपाली बजारमा गुणस्तरीय उत्पादनका रूपमा चिनिएको इकुटर इलेक्ट्रिक स्कुटर फेरि नेपाली सडकमा देखा परेको छ। प्राप्त जानकारी अनुसार, यो स्कुटरलाई जिरो इमिशन राइड एन ले नेपाली बजारमा पुनः प्रस्तुत गरेको छ।
हालै नेपाली सडकमा इकुटर स्कुटरको परीक्षण गरिरहेको फोटो सार्वजनिक भएको छ। यस विषयमा थप जानकारी लिन खोज्दा जिरो इमिशन राइड एन का सेल्स हेड शंकर शर्माले यस स्कुटरको पुनरागमनको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार, इकुटर स्कुटरलाई उचित मूल्यमा छिट्टै नेपाली बजारमा उतारिनेछ। शर्माका अनुसार, अहिले स्कुटरको इनडुरेन्स टेस्ट अर्थात् आन्तरिक परीक्षण भइरहेको छ। यो परीक्षणले स्कुटरको नेपाली भूभागमा प्रदर्शन र टिकाउपनाको आकलन गर्न मद्दत गर्नेछ।
जिरो इमिशन राइड एन जो नेपालका लागि लुयान इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक पनि हो, विद्युतीय सवारी साधन बजारमा उच्च प्रतिष्ठा राख्दछ। यसको डिलर र सर्भिस नेटवर्क नेपालमा नम्बर १ मानिन्छ, जसले ग्राहकहरूलाई गुणस्तरीय सेवा र समर्थन प्रदान गरिरहेको छ।
इकुटरको पुनरागमनले नेपाली बजारमा विद्युतीय स्कुटरको प्रतिस्पर्धालाई थप बलियो बनाउने विश्वास गरिएको छ। यसले नेपाली उपभोक्ताहरूलाई गुणस्तरीय, टिकाउ र वातावरणमैत्री यातायातको थप विकल्प प्रदान गर्नेछ।अब सबैको ध्यान इकुटर स्कुटरको मूल्य र यसको विशेषतामा रहने छ। जिरो इमिशन राइड एनले यो स्कुटरलाई उच्च गुणस्तरका साथ उचित मूल्यमा उपलब्ध गराउने विश्वास दिलाएको छ। नेपाली सडकमा इकुटर स्कुटरको पुनरागमनले विद्युतीय सवारी साधन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
