नेटा एक्स बन्यो सबै भन्दा धेरै बिक्रि हुने ईभि
काठमाडौं । चिनको बहुचर्चित अटोमोबाईल निर्माता कम्पनी नेटा एक्सले लगातार दुई महिना थाईल्यान्डमा सबै भन्दा धेरै बिक्रि हुने एस युभि बनेर आफ्नो जितको श्रृङखला जारी राखेको छ । थाईल्यान्डमा २०२४ अक्टोबर र नोभेम्बरमा बिक्रि भएका एस युभि हरुमा सबै भन्दा बढि बिक्रि भएको नेटा एक्सले उक्त वेष्ट सेलिङ्ग एस युभिको जित हासिल गर्न सफल भएको बताएको छ ।
थााईल्यान्डको अटो मोबाईलले क्षेत्रमा गत अक्टोबर र नोभेम्बरमा नेटाका दुई भेरियन्टहरु नेटा एक्स ४०१ कन्फर्ट तथा नेटा एक्स ४८० स्मार्टको बिक्रि तथ्याङलाई आधार मानिएको बताएको छ । थाईल्यान्डका लागि नेटा ब्रान्डका विभिन्न सवारी साधन बिक्रि वितरण हुदै आईर्हेका छन् । चिनिया ब्रान्ड नेटाले नेपालको लागि आधिकारिक वितरक सिजि मोटर्स रहेको छ भने नेपालमा नेटा भि तथा नेटा एस मोडलमा इलेक्ट्रिक कारहरु उपलब्ध रहेका छन् ।
नेटा एक्स एकपटक चार्ज गर्दा ५०० किमि सम्म चल्न सक्छ। यसमा १८५ एम एम ग्राउन्ड क्लियरेन्स छ, जसले ड्राइभरलाई सुरक्षाको महसुस गराउँछ। सिएटियल का अत्याधुनिक लिथियम आइरन फस्फेट ब्याट्रीहरूमा आधारित, नेटा एक्स ले पनि ८ वर्ष वा १ लाख ८० हजार किमिको वारेन्टीसँगै विश्वसनीयता र दीर्घकालिकता सुनिश्चित गर्दछ। यी विशेषताहरू नेटा एक्स लाई बहुपरकारी र इकोफ्रेन्ड्ली एस यू भि खोज्नेहरूको लागि आकर्षक विकल्प बनाउँछन्।
नेपालमा इलेक्ट्रिक गाडीहरूको माग बढ्दै जानका साथ, सीजी मोटर्स इवी इन्फ्रास्ट्रक्चरको लागि विश्वसनीय सेवा र मर्मत सेवा सुनिश्चित गरिरहेको छ । केहि दिन अघि बागडोलमा नयाँ सर्विस स्टेसन उद्घाटन गर्दै नेपालभरि २१ सर्विस स्टेसनहरू तथा स्पेर पार्ट्स बिक्रिको सञ्जालगरि सम्पूर्ण ग्राहकहरुलाई निरन्तर सेवा दिन तत्पर छ। कम्पनीले नेपालभरि २०० भन्दा बढी चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ र यसको सञ्जाललाई अझै विस्तार गर्दै आएको कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

