लुम्बिनीकाे निरन्तर तेस्राे हार, सुदुरपश्चिमले फेरी मार्यो बाजी
काठमाडौं । सुदुरपश्चिम रोयल्सले लगातार दोस्रो जीत हासिल गरेको छ । खराब प्रदर्शन जारी राख्दा नेपाल प्रिमियर लिग एनपिएलमा लुम्बिनी लायन्सले भने निरन्तर तेस्रो हार बेहोर्नु परेको छ । अहिलेसम्म कुनै जीत हासिल नगर्ने लुम्बिनी मात्र एक टोली हो ।
सुदूरपश्चिम रोयल्ससँग भने लुम्बिनलाइ हराउँदै ४५ रनले बिजय भएको हो । लुम्बिनीलाई हराएको सुदूरपश्चिम भने लगातार तेस्रो जितका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
सुदूरपश्चिमले दिएको १ सय ८८ रनको विशाल लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्र जोड्यो ।
लुम्बिनीका लागि विवेक यादवले नट आउट रहँदै सर्वाधिक ७७ रन बनाए । उनले ५४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक विवेकले ४१ बलमा पूरा गरेका थिए । सन्दीप जोराले २६ बलमा १ छक्काको सहयोगमा २० रन जोडे ।
सुदूरपश्चिमका लागि सेफ अलि जेब र ब्रेन्डन मक्मेलनले समान ३ तथा स्कट कुगेलेनले २ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ओपनर सेफ अलि जेबको अर्धशतकको सहयोगमा लुम्बिनीविरुद्ध सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८८ रनको बलियो योगफल तयार गरेको थियो ।
लगातार तेस्रो हार बेहारेको लुम्बिनी लगातार तीन हार सहित अंकबिहिन रहेको छ । पहिलो खेलमा विराटनगर किंग्ससँग हारेको लुम्बिनीले पोखरा एभेन्जर्ससँगको खेल पनि गुमाएको थियो ।
सुदूरपश्चिम भने लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर र दोस्रोमा काठमाडौं गुर्खाजलाई पराजित गरेको थियो ।
सम्बन्धित समाचार
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
आजदेखि ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल’ सुरु हुँदै
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

