के तपाई जाडोमा हिटर ताप्नु हुन्छ ? अपनाउनुहोस् यस्ता साबधान
काठमाडौँ । दिनप्रदिन जाडो बढ्दै गईरहेको छ। चिसो मौसममा कोठा न्यानो बनाउन हामी हिटरको प्रयोग गछौं । जाडो याममा शरीर र कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने गरिन्छ । जाडोबाट जोगिन शहरमा हिटर बाल्नुको विकल्प छैन। विशेषगरी बुढाबुढी,सुत्केरी र नवजात शिशुको न्यानोका लागि यो व्यवस्था गर्नैपर्छ तर सावधानी पनि त्यतिकै अपनाउनुपर्छ। कहिलेकाहीँ यी सावधानी नअपनाएकै कारण ज्यान जान पनि सक्छ । पर्याप्त सावधानी नअपनाएकै कारण ज्यान जानेसम्मका अप्रिय घटनाहरू हुने गरेका छन् ।
चिसो मौसममा कोठा न्यानो बनाउने बहानामा आगो बालेर सुत्दा यस्ता दुर्घटना हुने गर्छन्। यसले मानिसलाई चिसोबाट राहत त दिन्छ तर, यसले स्वास्थ्य र स्किनमा पनि क्षति पुर्याइरहेको हुन्छ। यसको गलत प्रयोगले ज्यानै जान सक्ने भएकाले निकै सावधानी पुर्याउन जरुरी हुन्छ । त्यसैले, तपाई हिटरको प्रयोग गर्दै हुनुहुन्छ भने पहिला आफ्नो परिवारको सुरक्षालाई सुनिश्चित गर्नुहोस् ।
जाडोमा आगो ताप्दा, हिटर बाल्दा र गिजरको प्रयोग गर्दा यस्ता सावधान अपनाउनुपर्छ :
१. ग्यासबाट चल्ने हिटरको नजिक छिटो जल्ने खालका कुनै पनि सामाग्री राख्नुहुँदैन । जहिले पनि कागज, ब्लाइंकेट, कपडा, दाउरालगायतका सामाग्री हिटरभन्दा टाढा राखौं ।
२ . हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने र गिजरको प्रयोग गर्ने गरौँ ।
३. कहिल्यै पनि बन्द कोठामा हिटर अन गरेर ननिस्कनुहोस् । किनकी यसबाट वाहिरिने कार्वनमनोअक्साइड ग्यास मानिसको लागि निकै हानिकारक हुन्छ ।
४ . कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नतापौँ ।
५. हिटर चलाएर पनि कहिल्यै निदाउनु हुँदैन। यसो गर्दा श्वासप्रश्वासमा बाधा उत्पन्न भएर ज्यानै जान सक्छ। मुटु, श्वासप्रश्वासका समस्या भएका व्यक्तिले एयर ब्लोअर र हिटरको प्रयोग गर्नुहुँदैन।
६ . हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्ने गरौँ ।
७ . यदि हिटर ताप्नुपर्नेबाध्यता छ भने मनतातो पानी पिइराख्नुपर्छ। साथमा तातोपानी चिया, कफी, सुपजस्ता पेयपदार्थको पनि प्रयोग गरौँ ।
८. हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने र गिजरको प्रयोग गर्ने गरौँ ।
९ . सुत्नुअघि अनिवार्य रूपमा हिटर निभाउने गरौँ ।
सम्बन्धित समाचार
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण

