• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • ६ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ७ घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • २१ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • २२ घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • २३ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • २३ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • २४ घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

२०८१ साल मङ्सिर २९ देखि पुष ०५ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८१, मंसिर, २९

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भ सञ्चित धनमा वृद्धि हुनुको साथै भूमि वाहन आदि किन्नको लागि समय उपयुक्त रहेको छ। बेरोजगार हुनुहुन्छ भने नोकरी वा रोजगार मिल्ने सम्भावना रहेको छ। साताको मध्यमा कुनै विशेष व्यक्तिबाट उपहार मिल्नेछ। घरपरिवारमा मांगलिक कार्यमा सम्मिलित हुने अवसर मिल्नेछ। साताको अन्तिममा आर्थिक कारोबारलाई लिएर छोटो मिठो यात्रा गर्नुपर्ला। भाइबहिनीहरूसँग प्रेम र सद्भाव बढ्नेछ। यो सप्ताहको शुभ रंग गुलाबी र सेतो हो भने शुभ अंक २ र ७ रहेको छ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा मानसम्मानमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। साताको मध्यमा विद्यार्थीहरुलाई रचनात्मक वा कलात्मक क्षेत्रमा सफलता मिल्नेछ। नोकरी वा पेशामा आयका नयाँ स्रोतहरू बन्नेछन्। साताको अन्तिममा व्यापार व्यवसायमा नयाँ प्रतिद्वन्दीहरू बढ्नेछन्। कार्यक्षेत्रमा सीनियर वा जुनियरको सहयोग मिल्नेछ। साझेदारीमा कार्य गर्नेहरूलाई यो समय चुनौतीपूर्ण रहनेछ। साताको शुभ रंग निलो र हरियो हो भने शुभ अंक ४ र ८ रहेको छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा वैदेशिक रोजगारमा मनग्य लाभ मिल्नेछ साथै भ्रमणका योग बनिरहेका छन्। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। साताको मध्यमा नोकरी वा पेशामा नयाँ कार्य हात लाग्ला। व्यवसायमा तार्किक क्षमताले मानसम्मान दिलाउनेछ। साताको अन्तिममा घरपरिवार वा मित्रहरूसँग पायक स्थानमा भ्रमण र वनभोजको आनन्द लिन सकिनेछ। गृहणीहरूको सौन्दर्य सामानमा धन खर्च हुनेछ। साताको शुभ रंग गुलाबी र हरियो हो भने शुभ अङ्क ३ र २ रहेको छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा शेयर मार्केटबाट लाभ मिल्नु साथै कार्यक्षेत्रमा वरिष्ठ सदस्यहरूको सल्लाहले अप्ठ्यारो काम सम्पादन हुनेछ। साताको मध्यमा वैदेशिक रोजगारलाई लिएर धोखा मिल्न सक्ला। आफन्तहरूसँग मनमुटाव हुन सक्छ। किसानी पेशाबाट लाभ हुनेछ। साताको अन्तिममा नोकरी वा पेशामा प्रमोशन वा सरुवा चाहनुहुन्थ्यो भने सफलता मिल्नेछ। प्रेम सम्बन्ध कसिनेछ। कार्यक्षेत्रमा समयमा कार्य पूरा गर्नलाई धेरै परिश्रम गर्नुपर्ला। साताको शुभ रंग खैरो र सेतो हो भने शुभ अंक ८ र १ रहेको छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा कार्यक्षेत्रमा पिताको पदोन्नतिले मन प्रसन्न रहनेछ। कारोबारको विस्तारको लागि दीर्घकालीन योजनाहरू बन्नेछन्। साताको मध्यमा शेयर बजारमा निवेश गर्दा जानकारको सल्लाह अवश्य लिनुहोस्। वैदेशिक शिक्षाको लागि गरिएको योजनाहरू सफल रहनेछन्। साताको अन्तिममा विद्यार्थी वर्गहरूको तर्कशक्तिमा वृद्धि हुनेछ र पढाइमा मन लाग्नेछ। नयाँ नोकरीको खोजिमा हुनुहुन्थ्यो भने सफलता प्राप्त हुनेछ। साताको शुभ रंग रातो र हरियो हो भने शुभ अंक ५ र ७ रहेको छ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा उत्साह र आनन्दमा वृद्धि हुनेछ। नयाँ कार्य प्रारम्भ गर्दा सफलता पाइनेछ। धार्मिक मठ मन्दिरको भ्रमण रहनेछ। साताको मध्यमा सरकारी नोकरीमा प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा ब‍ोलिको भरमा कार्य सम्पादन हुनेछ। साताको अन्तिममा विद्यार्थीहरूलाई नयाँ सीपमूलक कार्यको जानकारी हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। साताको शुभ रंग हरियो र खैरो हो भने शुभ अंक ९ र ४ रहेको छ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
सप्ताहको प्रारम्भ आर्थिक संकट लिएर आउनेछ। घरपरिवारमा कलहको वातावरण हुनसक्छ। व्यापारमा आलस्य गर्नदेखि बच्नुहोला। साताको मध्यमा जीवनसाथीको कार्यक्षेत्रमा पदोन्नतिको योग छ। धर्म कर्ममा मन लाग्नेछ। साताको अन्तिममा नोकरी वा पेशामा उच्च अधिकारीहरूको सहयोग मिल्नाले कार्यहरू समयमा नै सम्पादन हुनेछन्। साताको शुभ रंग सेतो र गुलाबी हो भने शुभ अंक २ र ७ रहेको छ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा साझेदारी व्यापारमा लाभ मिल्नेछ। प्रतियोगी परीक्षामा सफलता पाइनेछ भने नोकरी वा पेशामा प्रतिद्वन्दीहरूको सामना गर्नुपर्ने हुन्छ। साताको मध्यमा कार्यक्षेत्रमा अरूको विश्वासमा भर नपर्नुहोला। व्यापार व्यवसायमा आर्थिक पक्षलाई लिएर चिन्ता रहनेछ। साताको अन्तिममा घरपरिवारमा मांगलिक कार्य हुनाले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रलाई लिएर यात्रा गर्नुपर्ला। जीवनसाथीसँग सुमधुर सम्बन्ध रहनेछ। साताको शुभ रंग हल्का रातो र पहेलो हो भने शुभ अंक ८ र ९ रहेको छ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा वित्तीय वा सहकारी संस्थाबाट शुभ सूचना मिल्नेछ। शत्रुहरू परास्त हुनेछन्। साताको मध्यमा नोकरी वा पेशामा अतिरिक्त जिम्मेवारी मिल्नेछ। कार्यक्षेत्रमा योजना बनाएर कार्य गर्दा सफलता पाउनुहुनेछ। साताको अन्तिममा कार्यक्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा थप लगानी लगाउनबाट बच्नुहोस्। साताको शुभ रंग निलो र पहेलो हो भने शुभ अंक १ र २ रहेको छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। कार्यक्षेत्रमा भावनामा आएर कसैलाई बाचा नगरौं। प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्नको लागि परिवारसँग कुरा राख्न सक्नुहुनेछ। साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता हुनेछ। पेट जन्य समस्याले सताउने छ त्यसर्थ खानपानमा विशेष ध्यान दिनुहोला। साताको मध्यमा सामाजिक सञ्जालमा बोलीको प्रभाव बढ्नेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मेहनत धेरै गर्नुपर्ला। साताको शुभ रंग खैरो र हल्का निलो हो भने शुभ अंक ९ र ४ रहेको छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा कार्यक्षेत्रमा सोचेका काम समयभन्दा अगाडि पूरा हुनेछन्। कानुनी मामिला सुल्झिनेछ। साताको मध्यमा व्यापार व्यवसायमा लाभ हुनेछ। कार्यक्षेत्रमा नयाँ उपलब्धिले थप उत्साह जगाउने छ। साताको अन्तिममा विद्यार्थीहरूको तार्किक क्षमतामा वृद्धि हुनेछ। गृहणीहरूको गृह कार्यको साथै सामाजिक परिवेशमा मान सम्मान बढ्नेछ्। यो सप्ताहको शुभ रंग सुन्तला र केशरी हो भने शुभ अंक ४ र ६ रहेको छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
व्यापार व्यवसायमा नयाँ सहयोगीहरूबाट सहयोग मिल्नेछ। कार्यक्षेत्रमा रोकिएका कार्यहरू सम्पादन हुनेछन्। साताको मध्यमा स्वास्थ्य अनुकूल नरहला। कार्यक्षेत्रमा अगाडि लिएका निर्णयहरूबाट लाभ मिल्नेछ। साताको अन्तिममा कार्यक्षेत्रमा हजुरको इच्छाको पूर्ति हुनेछ। कसैलाई व्यर्थको सल्लाह नदिनुहोला। यो सप्ताहको शुभ रंग निलो र पहेलो हो भने शुभ अंक २ र ६ रहेको छ।

– ज्याे. पं.  धर्मेन्द्र कृष्ण पौडेल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.