पुष्पाः२ ले १० दिनमा नै ताेडयाे शाहरूख खानकाे रेकर्ड
मुम्बइ । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ः द रुल’को गति बक्स अफिसमा रोकिने संकेत देखिएको छैन । चलचित्रले स्वदेशमा मात्रै नभई विदेशमा पनि ठुलो नाफा कमाइरहेको छ । यो चलचित्रले रिलिज पश्चात कैयौं रेकर्ड बनाउन सफल भइसकेकाे छ । जुन क्रम अझै जारी रहेकाे छ ।
अब ‘पुष्पा २ः द रुल’ ले शाहरुख खानको ‘जवान’ को रेकर्ड पनि तोडेको छ । ‘पुष्पा २ः द रुल’ ले हालसम्म विश्वभर कति करोड रुपैयाँको व्यापार गरेको छ ।
व्यापार विश्लेषक मनोबाला विजय बलनले सामाजिक सञ्जाल प्लेटफर्म एक्स मा ‘पुष्पा २ः द रुल’ को पछिल्लो विश्वव्यापी संग्रहको बारेमा जानकारी दिएका छन्। एक पोस्ट गर्दै उनले अल्लु अर्जुनको फिल्मले १० औं दिन विश्वभर ८२.५६ करोड कमाएको बताए । र हालसम्म फिल्मको विश्वव्यापी कलेक्सन १२१८.४१ करोड रहेको छ ।
अल्लु अर्जुनको ‘पुष्पा २ः द रुल’ ले शाहरुख खानको सबैभन्दा धेरै कमाउने फिल्म ‘जवान’ को लाइफ टाइम कमाईको रेकर्ड पनि तोडेको छ । बलिउड हंगामाको रिपोर्ट अनुसार सन् २०२३ मा रिलिज भएको ‘जवान’ ले विश्वभर ११४८.३२ करोड रुपैयाँ कलेक्सन गरेको थियो । ‘पुष्पा २ः द रुल’ ले प्रदर्शनको १० औं दिनमा जवानको यो कलेक्शन रेकर्ड तोडेको हाे ।
पुष्पा २’ को विश्वव्यापी संग्रहः
पहिलो दिनः २८२.९१ करोड
दोस्रो दिनः १३४.६३ करोड
तेस्रो दिनः १५९.२७ करोड
चौथो दिनः २०४.५२ करोड
पाँचौं दिनः १०१.३५ करोड
छैटौं दिनः ८०.७४ करोड
सातौं दिनः ६९.०३ करोड
आठौं दिनः ५४.०९ करोड
नवौं दिनः ४९.३१ करोड
दशौं दिनः ८२.५६ करोड
कुलः १२१८. ४१ करोड
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

